अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

नेपाली डा.सन्दुक रुईत भारतको चौथो ठूलो ‘पद्म श्री’ पुरस्कारबाट सम्मानित

बिआरटीनेपाल २०७४ माघ ११ गते २२:०८ मा प्रकाशित

गरिब र विपन्न आँखा रोगीहरुको लागि भगवान समान व्यवहार गर्ने तिलगंगा आँखा अस्पतालका चिकित्सक सन्दुक रुईत भारतको चौथो ठूलो पद्म श्री पुरस्कारबाट सम्मानित भएका छन् ।

बिहीबार भारत सरकारले पद्मश्री पुरस्कारबाट उनलाई सम्मानित गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लामो समय नेपाल भारत लगायत एशिया र अफ्रिकासम्मका आँखारोगीहरुलाई निशुल्क एवं न्यून शुुल्कमा उपचार गराउँदै आएका उनले अहिलेसम्म लाखौं गरिब तथा विपन्न विरामीहरुलाई निशुल्क उपचार गराईसकेका छन् भने लाखौकै संख्यामा आँखाको ज्योती गुमेकाहरुको आँखालाई पुनर्जीवन दिएका छन् ।

उनले १९८०मा आविस्कार गरेको मोतीविन्दू सम्बन्धी शल्यक्रियाको माध्यमबाट ९० प्रतिशत समस्याको रोकथाम भएको छ । त्यस्तै, उनले अहिले ३० वटा भन्दा बढी देशहरुमा मोतीविन्दू सम्बन्धी सर्जरी लेन्सहरु पठाउँदै आएका छन् । 

त्यस्तै, उनले हरेक हप्ता २५ सय भन्दा बढी खर्च गर्न नसक्ने विरामीहरुलाई निशुल्क उपचार गराउँदै आएका छन् । एशिया र अफ्रिकाका एक लाख भन्दा बढी मानिसको गुमिसकेको आँखालाई पुनर्जिवित गराईदिएका छन् । उनले भारतको नयाँ दिल्लीबाट एमबिबिएस र एएलएलएमएस गरेका छन् । उनी गरिव तथा विपन्न समुदायको लागि भगवान सरह व्यवहार गर्दैआएको उनको सेवा पाएका विरामीहरु सुनाउँछन् ।

उनी काठमाडौं आउन नसक्ने विपन्नहरुलाई दूर्गम भेगमा समेत पुगेर उपचार गराउने गरेका छन् । नेत्र रक्षक रुईत उपनाम रहेका उनको यही समाजसेवी चरित्रका कारण उनलाई भारत सरकारले सो सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

पद्म श्री पुरस्कार भारतको भारत रत्न पद्म विभूषण र पद्म भूषण पछिको सबैभन्दा ठूलो पुरस्कार हो । सन् १९५४ देखि सुरु गरिएको सो पुरस्कार हरेक १० १० वर्षमा वितरण गर्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू