अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

महेन्द्र विद्या आश्रम भक्तपुरका प्रिसिन्पल मास्केको दादागिरी

बिद्यार्थीलाई छातिमा लातिले हान्ने देखी अभिभावकलाइ गुण्डा लगाउने समेतको धम्कि

बिआरटीनेपाल २०७४ माघ ११ गते २:५४ मा प्रकाशित

भक्तपुरको सुर्यविनायकस्थित बाराहीस्थानमा रहेको महेन्द्र विद्या आश्रममा कक्षा ९ मा अध्ययनरत आयुष बस्नेत लगायतका विद्यार्थीलाई आश्रमका प्रिसिन्पलले कुटपीट गरेका छन् ।

आज विहान विद्यालयमा समयमै उपस्थित नभएको भन्दै प्रिन्सिपल महेन्द्रप्रसाद मास्केले विद्यार्थी बस्नेतमाथि कुटपीट गरेका हुन् । कुटपीटपछि मास्केले विद्यार्थी बस्नेतलाई अध्ययनका लागी कक्षामा प्रवेश गर्न नदिई विद्यालयबाटै निकालेका थिए ।

प्रिन्सिपल मास्केले हातले दुई झापड हान्नुका साथै छातीमा दुई चोटी लातीले समेत हानेको र कक्षामा बस्न नदिएको पीडित विद्यार्थी बस्नेतले बताएका छन् ।

विद्यार्थी बस्नेतले उक्त कुरा आफना अभिभावकलाई बताएपछि बस्नेतका अभिभावकहरु विद्यालयमा गुनासो गर्न पुगेका थिए । गुनासो पोख्न पुगेका अभिभावकलाई समेत प्रिन्सिपल मास्केले बढी बोले गुण्डा लगाएर ठिक पार्ने समेतको धम्की दिएका थिए ।

आज विहान बिद्यार्थी बस्नेतले आफूलाई मास्केले हातपात सहित लातीले छातीमा हानेको गुनासो गरिरहँदा पहिले होइन भनेर झुटा बोलिरहेका प्रिन्सिपल मास्केले अन्तत् विद्यार्थी र अभिभावकसँग आफूबाट गल्ती भएको भन्दै माफी मागेका छन् ।

आज विहान उक्त घटनापछि समाचार संकलनका लागी विद्यलायमा पुगेका भक्तपुरका सञ्चारकर्मीलाई समेत प्रिन्सिपल मास्केको निर्देशनमा भेटन दिइएको थिएन् । पटक पटकको आग्रह पछि भेटन दिएपनि विद्यालय प्रशासन र प्रिन्सिपल मास्केले सञ्चारकर्मीलाई अपमान गरेको भक्तपुरका सञ्चारकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू