अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

बैतडीमा बिबाहको जन्ती बोकेको जीप दुर्घटना हुँदा ११ जना घाईते

बिआरटीनेपाल २०७४ माघ १० गते २:४१ मा प्रकाशित

बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउँडेमा बिबाहको जन्ती बोकेको जिप र बिपरित दिशाबाट आएको अर्को जिप एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् । आज मध्यान्ह जन्ती बोके बोकेर बैतडीको दोगडाकेदारतिर गइरहेको ग १ ज ५१९२ नम्बरको जिप र विपरित दिशाबाट आइरहेको से १ ज २१७ नम्बरको जिप सिउँडे बजार नजिकै ठोक्किदा पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्ट लगायतका ११ जना घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडी अनुसार घाईतेहरुको जिल्ला अस्पताल बैतडी र स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

दुर्घटना भएका २ वटै जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू