अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे शितल निवासमा

बिआरटीनेपाल २०७४ माघ ४ गते २३:२९ मा प्रकाशित

नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश नं १ मा प्रा डा गोविन्दबहादुर तुम्बहाङ शुब्बा, प्रदेश नं २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ मा अनुराधा कोइराला, प्रदेश नं ४ मा बाबुराम कुँवर, प्रदेश नं ५ उमाकान्त झा, प्रदेश नं ६ मा दुर्गाकेशर खनाल र प्रदेश नं ७ मा मोहनराज मल्लले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपराह्न ४ बजे शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू