अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

बाह्रबीसेमा गाडी दुर्घटना: ३ जनाको को मृत्यु, ८ घाईते

बिआरटीनेपाल २०७४ माघ ४ गते ७:१३ मा प्रकाशित

तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । बाह्रबीसे नगरपालिका–६ सखुवास्थित अरनिको राजमार्गमा ना१ च ९९५० नंको गाडी दुर्घटना हुँदा बाह्रबीसे– ८ मानेश्वराकी गोमा तामाङ, वडा नं ६ की पासाङ तामाङ र वडा नं ९ की समीक्षा गुरुङ मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो भने दुर्घटनामा घाईते आठ जनाको काभ्रेरपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू