अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

बिआरटीनेपाल २०७४ माघ २ गते १:५८ मा प्रकाशित

सुनसरीमा अर्नाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाको आक्रमणबाट आज
सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जकी १३ वर्षीया बालिका सजनम खातुनको मृत्यु भएको हो।

घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको हो भने उनिसंगै रहेका अर्का बालक जावेद आलम गम्भीर घाइते भएका छन् ।

बालिकाको शव परीक्षणका लागि सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने घाईते बालक जावेद आलमको पनि सोहि अस्पतालमा उपचार भै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू