अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

जनवरी २८ भित्र फिप्ना अधिवेशन- ढोक्प्या किदुकलाई सदस्यता दिने

न्यू योर्क २०७४ पुष २३ गते २२:१५ मा प्रकाशित

आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को निर्वाचन जनवरी २८ भित्र हुने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले निर्वाचनको मिति तय गरेको हो । निर्णय अनुसार सबै सदस्य संस्थाले जनवरी १४ मा प्रतिनीधि र पर्यवेक्षकको नामावली पठाउनु पर्नेछ । त्यस्तै, जनवरी २१ मा उमेद्वारी दिनुपर्नेछ ।

यसघि डिसेम्बर १७ मा तय भएको फिप्ना अधिवेशन ढोक्प्या किदुकको सदस्यता विवादका कारण भाँडिएको थियो । त्यसबेला पनि फिप्नाका सदस्य संस्थाले आफ्ना प्रतिनीधि र पर्यवेक्षकको नाम चयन गरेर पठाएको थियो । ‘त्यतिबेला पठाइएका प्रतिनीधि र पर्यवेक्षकको नामावली यथावत नरहने भएको छ,’ फिप्नाका वरिष्ठ उपाध्यक्ष मणि बाङ्देलले भने ।

त्यस्तै, यसअघि निर्विरोध निर्वाचन भएका पदमा पनि पुन निर्वाचन हुने भएको छ । यसअघि उपाध्यक्ष पदमा राजकुमार बिस्ट निविरोध निर्वाचित भएका थिए ।

गत डिसेम्बर १७ मा अधिवेशन हुन नसकेपनि लुइसाङ तामाङ नेतृत्वको कार्यसमिति त्यतिबेलै भङ्ग भइसकेको एक समुहको दाबी थियो । उक्त समुहले अधिवेशनस्थलमै फिप्ना संघीय परिषदका सभामुख विनोद पोमोलाई अधिवेशन गराउने र फिप्ना सञ्चालन गर्ने निर्णय गरेका थिए ।

उता विधानमा भएको ब्यबस्था अनुसार गत डिसेम्बर ३० सम्म कसैले भङ्ग गर्न नसक्ने भन्दै तामाङ नेतृत्वको कार्यसमितिले आफ्नो कार्यकाल ३ महिना लम्ब्याएको थियो ।

एक समुहले तामाङ नेतृत्वको कार्यसमिति भंग भइसकेको दाबी गुर्न र सभामुख पोमोलाई सम्पूर्ण अधिकार दिनु तथा तामाङ नेतृत्वको कार्य समितिले सक्रिय भएर आफ्नो कार्यकाल ३ महिना थप गर्नुले फिप्नाको द्वन्द्व जटिल बनाएको थियो । दुवै समुहले एक अर्कालाई अवैधानिक भन्दै आएका थिए । आइतबारको बैठक पनि पामो र तामाङले अलग अलग बोलाएको थिए । बैठकमा सहभागी एक संस्थाका प्रतिनीधिका अनुसार एकै ठाउँमा भेला भएपछि बैठक पनि संयुक्त रुपमा बस्ने निधो गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू