अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

माओवादी केन्द्रीय कार्यालयमा नेताहरुबिच हात हालाहाल

बिआरटीनेपाल २०७४ पुष १६ गते ३:५७ मा प्रकाशित

पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमै प्रदेशसभाको सांसद बन्न नपाएपछि नेताहरु बीचमै मुखा मुख र हात हालाहालको अवस्था श्रृजना भएको छ । माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली जाइलागेपछि परिस्थिति असहज बनेको हो ।

सधैंजस्तो  केन्द्रीय कार्यालयको छतमा माओवादी नेताहरु शाक्य, सुवेदी लगायत घाम ताप्दै बसेका थिए । त्यहिबेला पराजुली आइपुगे । ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीता, जो अहिले चितवनमा पसल खोलेर बसेकी छन्, र दोलखाका आङदेण्डी लामालाई प्रदेशसभा सांसद किन बनाएको भन्दै पराजुलीले विरोध गरेपछि विवाद बढेको थियो । कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवार लगायतलाई हटाएपछि यस्तो अवस्था निम्तिएको पराजुलीले बताए ।

नेताहरु पैसामा बिकेको आरोप लगाएपछि विवादले उग्ररुप लिएको थियो । दोलखाका आङदेण्डी लामासँग मोटो रकम लिएर समानुपातिक सांसद बनाइएको तर आफूलाई हटाइएको भन्दै पराजुलीले विरोध गरेका थिए । यसरी पैसाको भरमा समानुपातीक तर्फ चयन गरिएको भन्दै हात हाला हालको अवस्था निम्तियको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू