अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

हलिवुड खबरको प्रथम वार्षिक उत्सब सम्पन्न

कृष्ण के सि, सान फ्रान्सिस्को २०७४ पुष ९ गते १३:४० मा प्रकाशित

डिसेम्बर २३, २०१७ का दिन नेपाल सरकारका महावाणिज्य दूत ऋषि पन्नाखर ढकालको प्रमुख आतिथ्यमा सान फ्रान्सिस्कोको बर्केलीमा स्थित हिमालयन फ्लेबर्स नेपाली कुजिनमा अनलाइन मिडियाको प्रथम वार्षिक उत्सब भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल सरकारका पर्यटन दूत प्रकाश थापा, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय परिषद् अमेरिकाज क्षेत्रकी महिला उप संयोजक संगीता लम्साल सिवाकोटी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव ईश्वर सापकोटा, केन्द्रीय सदस्य चन्द्र धिताल, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकी उपाध्यक्ष उमा कार्की थापा, नेपाल अमेरिका पत्रकार सङ्घका महासचिव तोया दाहाल, लायन्स क्लब 4-C3 का गभर्नर राजेन थापा, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे र अन्य पदाधिकारीहरू, मदर ल्याण्ड नेपाल तथा नेपाल सरकारका पूर्व पर्यटन दूत अनिल पाण्डे, नेपाली एसोशिएशन अफ नर्दन क्यालिफोर्नियाका अध्यक्ष रबिन्द्र राई समेत उपस्थित हुनुहुन्थ्यो ।

नेपाली जनसम्पर्क समिति अमेरिका उत्तर क्यालिफ़ोर्निया च्याप्टर पदाधिर्कारीहरुका साथै नेवा अर्गनाइजेशन, तमु समाज उत्तर क्यालिफ़ोर्निया, द व्हाइट जोन, कृयटिभि अर्गनाइजेशन, तामाङ्ग कोअपरेटिभ उत्तर क्यालिफ़ोर्निया, NWGN उत्तर क्यालिफ़ोर्निया, सन्नि सगरमाथा समाज, नेपाली कम्यूनिटी सेन्टर उत्तर क्यालिफ़ोर्निया, नेपालीहरूको मात्र नेतृत्व रहेको विभिन्न ६ वटा लायन्स क्लबका प्रतिनिधि, खुल्लामंच डटकमका संचलाक/संस्थापक गोकुल ढकाल, ओएस नेपाल डटकमका सन्दीप बाबु चौधरी, नेपालदर्पण डटकमका अमृत कुँवर, स्थानीय रूपमा बस्दै आउनुभएका एक दर्जन भन्दा धेरै संचारकर्मी/पत्रकार लगायत स्थानीय ब्यबसायीहरु, प्रतिष्ठित ब्यक्तितित्वहरुको उपस्थित रहेको थियो ।

पहिलो वार्षिक कार्यक्रममा नेपाली समुदयामा योगदान दिनुहुने विभिन्न ९ जना व्यक्तिहरूलाई कदरपत्र प्रदान गरिएको थियो। यसका अलावा सान फ्रान्सिस्को क्षेत्रमा अनलाइन पत्रकारिता सुरु गरेका तीनजना अग्रजहरु अनिल पाण्डे, धनन्जय के सी, ध्रुव थापालाई सम्मान पनि गरिएको थियो। मिडियाको तर्फबाट वर्ष भरीका समाचारका हाइलाइट अनि आगामी वर्षको योजान समेत प्रस्तुति गरिएको थियो ।

समाजको कुनै पनि पाटोलाई परिवर्तन गराएको या कुनै विषयमा पत्रकारिता कै कारण भएको फरक नतिजाको कारक बन्ने पत्रकारलाई आगामी वर्षको लागि $१००० को “कामदा मिलन” पत्रकारिता पुरस्कारको घोषणा समेत गरिएको छ । पुरस्कार नेपाल र अमेरिकामा पत्रकारिता गरेका एक्टिभ पत्रकारहरु मध्य एक जना नेपालमा र एक जना अमेरिकामा प्रदान । सो पुरस्कार हलिउडखबरका सम्पादक रोशन अधिकारी र हलिउडखबरको संयुक्त रूपमा घोषणा गरिएको हो। पुरस्कारका लागि नेपालमा नपाल पत्रकार महासङ्घ र अमेरिकामा नेपाल अमेरिका पत्रकार सङ्घको सहकार्यको प्रयासबाट गरिने छ।

वार्षिक उत्सवको प्रमुख आकर्षण भएको नेपाली पत्रकारितामा इतिहास (नेपाल) देखि वर्तमान (अमेरिका) सम्म अन्तरक्रिया थियो। अन्तरक्रियामा विगत देखि कर्पोरेट विकास सम्म वरिष्ठ पत्रकार रवि अधिकारीले प्रस्तुति दिनुभयो । अधीकारीले गोरखापत्रको स्थापना काल र जयपृथी बहादुर सिंहको पालाको पत्रकारिता र हालको कर्पोरेट अनि डिजिटल मिडियाका विषयमा बेजोड प्रस्तुति गर्नुभयो ।

वर्तमान अवस्थामा नेपाल र अमेरिकामा देखिएका पत्रकारिताका प्रयास, इथिक्स र प्रयास, डिजिटल पत्रकारिता, चुनौती अनि राम्रा र नराम्रा प्राक्टिस, पाठकको बुझाइ र पाठकलाई दिने कुरा, समाचर र बिचार, लेख र समाचर लगायतका कुराहरूमा नेपाल अमेरिका पत्रकार सङ्घका महासचिव तोया दाहालले प्रस्तुति दिनु भएको थियो । दाहालले आफूले अमेरिकाबाट सञ्चालित हुने अनलाइनहरुको विश्लेषण समेत प्रस्तुत गर्दै भन्नुभयो धेरै मध्य कतिपय त आरोप, सौख, व्यक्ति र संस्था केन्द्रित भएका अनि कतिपयले भने बिस्तारै व्यवसायिकता तर्फ केन्द्रित भएको समेत प्रस्तुत गर्नुभयो।

यसै गरी मिडियाले पत्रकारिता, खेलकुद, समाज सेवा, नेपाली संस्कृतिको विकास, इन्टरप्रेनर लगायतको विषयमा योगदान दिएर एउटा नतिजा दुनुहुने ९ जनालाई कदर परपत्र प्रदान गरेको थियो ।

कदर पत्र पाउनुहुने व्यक्तिहरूमा:
१. अनुप बज्राचार्य
अनुप बज्राचार्य एक राम्रो बिधार्थी हुनुका साथै एक सफल व्यवसायी पनि हुनुहुन्छ। धेरै कुराको व्याख्या भन्दा पनि अनुप किचेन भनेर नेपाली विभिन्न परिकार बनाएर यूट्यूबमा राखेर नेपाली फूड कल्चरको विकास गरेर एउटा उदाहरणिय कार्य गर्नुभएको छ अनुपले। जुन भिडियो हेरेर तपाईँ सजिलै नेपाली खाना बनाउन सक्नुहुन्छ अनि आफ्ना नानीहरूलाई टिचिङ्ग पनि गर्न सक्नुहुन्छ। यो एउटा उदाहरणिय र सह्रानिया कार्य गरेको हुनाले।

२. गगन पाण्डे
गगन पाण्डे उसै पनि युवा व्यक्तित्व। थुप्रै प्रशंसाका कुरा हुँदा-हुँदै पनि हामीले गत र यो वर्ष सान फ्रान्सिस्को बे एरियामा लायन्स क्लबहरुको संयुक्त आयोजनाको सकर खेलको संयोजन गर्नुभएको थियो। लगातार तीन महिना सम्म उक्त लिग गेममा लागि पर्नुभएको पाण्डे एक उदाहरणिय व्यक्ति हुनुहुन्छ। यसबाट नेपाली अमेरिकनको खेल प्रतिको उत्साह र बाटो खुलेको छ। यसर्थ पनि उहाँ धन्यवादका लागि योग्य हुनुहुन्छ।

३. सुस्मिता सिजापति
सुस्मिता सिजापति एक सफल समाज सेवाकी अगुवा हुनुहुन्छ। नेपाली महिला विश्व सञ्जाल (NWGN) क्यालिफोर्निया च्याप्टरको अध्यक्ष हुनुहुन्छ। त्यो त सामान्य कुरा हो। उहाँको नेतृत्वमा च्याप्टरले २५ जना महिलाहरूलाई CRP ट्रेनिंङ्ग दिएर एउटा उदाहरनिय काम गरेको छ। सो ट्रेनिंङ्ग पश्चात् सम्बन्धित काम गर्ने महिलाहरूले घन्टाको $१ देखि $१० सम्म थप कमाइ गर्न सक्छन्। हेर्दा सामान्य लाग्छ तर यसको इम्प्याक्ट धेरै रार्मो छ। यस्तो काम स्थानीय रूपमा अरू कुनै सङ्घ-संस्थाले गरेनन तसर्थ पनि उहाँ एक उदाहरणिय हुनुहुन्छ।

४. सच्ची मैनाली
सच्ची मैनाली एक सशक्त संचारकर्मी हुनुहुन्छ। हलिउडखबरले यो वर्ष अमेरिकामा नेपाली पत्रकारितामा विशिष्ट रूपले योगदान दिने पत्रकारहरुको खोजी गर्‍यो। अमेरिकामा खास गरी न्यु योर्क, डिसी मेट्रो क्षेत्र, टेक्सस, कोलोराडो र क्यालिफोर्नियामा पत्रकारिता गर्ने र गरेका व्यक्तिहरू धेरै छन्। ती सबै क्षत्रमा एक्टिभ पत्रकारहरुको लिस्ट बनाएर रेकर्ड हेर्दा यो वर्ष सच्ची मैनालीले गरेका धेरै मध्य तीनवटा रिपोर्टिङ्गले समाजमा परिवर्तन र योगदान मात्र दिएन करेक्शन सम्म गर्न लगायो। न्यु योर्क रिजउडको सप्ताह-महाँयज्ञ, एनआरएनए अमेरिकाको निर्वाचनको नतिजा र उम्मेदवारको योग्यतामा निर्वाचन आयोग चुकेको अवस्था अनि एनआरएनए अमेरिकाले आइसिसि सदस्य सिफारिसमा गरेको नाटक र हाक्का-हाक्की झुटको पर्दाफास गर्न सफल हुनुभयो। जसका कारण सो विषयले फरक नतिजा सम्म पुग्न सहायता गर्‍यो। यति मात्र होइन अरू धेरै प्रशंसा गर्न योग्यका कुरा पनि छन् उहाँका।

५. राजेन थापा
राजेन थापा आफैँमा सफल इन्टरप्रेनर त हो नै। नेपाली मध्यमा पहिलो पटक लायन्स क्लबको डिस्ट्रिक गर्भनर सम्मको पदिय मर्यादा सम्म पुग्ने व्यक्ति हुनुहुन्छ। आधा दर्जन भन्दा धेरै लायन्स क्लब स्थापना गर्न नेतृत्वको भूमिका खेल्नु भएको छ। विभिन्न समाज सेवामा साथ रहने, नेपालीहरूको नाम र हैसियत उच्च गर्न अरू थुप्रै काम समेत गरेको हुनाले उहाँ एक सम्मानित व्यक्ति हुनुहुन्छ। यति मात्र होइन हालै स्टेट अफ क्यालिफोर्नियामा नेपाली भाषामा ड्राइभर लाइसेन्सको परीक्षा दिनका लागि गरिएको अभियानको एक अभियन्ता पनि हुनुहुन्छ। यो एउटा सफल समाज सेवाको लागि सम्मानजनक कुरा मात्र होइन सिङ्गो नेपाली समुदायको लागि पनि गौरवको कुरा हो।

६. उज्जल ठकुरी
उज्जल ठकुरीको लागि प्रशंसा गर्ने एक होइन दुई होइन धेरै कारण छन्। कराँते खेलका एक विश्व रेकर्ड तोडेका व्यक्ति हुनुहुन्छ ठकुरी। हालै मात्र आफ्नै पछिल्लो रेकर्ड तोडेका ठकुरी सयौँ पदक र सम्मानको रेकर्ड प्राप्त व्यक्ति हुनुहुन्छ। यसबाट नेपाल र नेपालीको नाम झन् उच्च भएको छ।

७. नारायण सोमनामे
नारायण सोमनामे एक सफल इन्टरप्रेनर हुनुहुन्छ। आफ्नो यति रेस्टराँमा ब्रुवारी समेत डेभलप गरेर अब यति फ्रेनचाइजिजको रूपमा जान सक्ने अवस्थामा हुनुहुन्छ। थुप्रै नेपालीहरूलाई रोजगारी दिनुभएको छ। अनि अरूलाई व्यवसाय गर्न प्रेरणा दिनुभएको छ। यसका अलावा समाजमा थुप्रै सेवा र नेवारी संस्कृतिको विकासमा समेत विशेष योगदान दिनुभएको छ सोमनामले।

८. छिरिङ्ग शेर्पा
छिरिङ्ग शेर्पा विगत दुई दशक देखि सोनोमा क्षेत्रमा व्यवसाय गर्दै आउनु भएको छ। नेपाली फूड र फूड कल्चरलाइ स्थानीय रूपमा भरिपूर्ण रूपमा प्रस्तुत गर्नुभएको छ। नपालीहरुलाइ रोजगारी दिनुभएको छ। शेर्पा कल्चर र खाना समेत परिचय गराउनु भएको छ उहाँले। नेपाली फूड कल्चरमा अझै उहाँको राम्रो योगदान निरन्तर रहोस् भनेर यो कदर गरिएको हो।

९. भक्त थापा तथा पशुपति फाउण्डेशन लस एन्जलस
भक्त थापा लस एन्जलसको समुदायमा चर्काको अर्को नाम हो। पशुपति फाउण्डेशनका अध्यक्ष रहनु भएका थापाको सफल नेतृत्वबाट लगभग १.५ मिलियन डलरको मन्दिर भवन र बुद्ध मूर्ती समेतको स्थापना मात्र होइन लगभग ७०/८०% मोर्टगेज पनि भुक्तानी भएको अवस्था फ़ाउण्डेशनको। यो उहाँको एकल प्रयासले भएको होइन तर नेतृत्व दिनु आफैमा सफल कुरा हो। यति मात्र होइन उहाँ एक सफल इण्टरप्रेनर अनि सीटी अफ आर्टेशियाका प्लानिङ्ग कमिशनमा समेत हुनुहुन्छ। नेपालीहरूको अन्य समुदायमा उहाँको लिडर्शिप टिचिङ्ग सह्राणिय छ।कार्यक्रमको अन्तमा विभिन्न व्यक्तिहरूले सफलताको शुभकामना प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू