अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

कालिकोटमा प्रहरी र म्यादी प्रहरी बिच झडप: प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

बिआरटीनेपाल २०७४ पुष ७ गते ५:०१ मा प्रकाशित

तलवको बिबादले कालिकोटमा एक म्यादी प्रहरी ज्यान गएको छ । सरकारले तोकेअनुसारको तलब नदिएको भन्दै आक्रोशित बनेका म्यादी प्रहरीको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा सानीत्रिवेणी गाउँपालिका वडा नं. ४ का म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको हो ।

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा देशैभर खटिएका म्यादी प्रहरीलाई शुक्रबार बिदाई गरिएको भएपनि कालिकोटमा म्यादी प्रहरीले जुम्लाका म्यादी प्रहरी सरह तलव नपाएको भन्दै प्रदर्शनमा उत्रिएपछि प्रदर्शन नियन्त्रणका लागि कालिकोट प्रहरीले म्यादी प्रहरीमाथी सुरुमा अश्रुग्यास प्रहार गरेको थियो तर भीड नियन्त्रण नआएपछि प्रहरीले गोली चलायो र गोली लागि म्यादी म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भयो ।

प्रदशनमा उत्रेका म्यदी प्रहरीले सरकारले जुम्लाका म्यादी प्रहरीलाई हिमाली जिल्ला भन्दै ६५ हजार रुपैयाँ प्रदान गरेको तर आफुहरुलाई ५८ हजार रुपैयाँ मात्र दिएको भन्दै जुम्लाका म्यादी प्रहरीले सरह ६५ हजार रुपैयाँ पाउनु पर्ने माग राख्दा यो घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू