अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

एकताको आन्तरिक तयारीमा एमाले-माओवादी

बिआरटीनेपाल २०७४ पुष ७ गते १:३८ मा प्रकाशित

निर्वाचन सकिएपछि सबैको चासो वामएकता कहिले हुने भन्नेमा केन्द्रित भइरहेको बेला वाम गठबन्धनका घटक नेकपा एमाले र माओवादी  केन्द्र पार्टिएकताको गृहकार्यमा जुटेका छन्। कतिपयले वाम पार्टिे एकता हुनेमै शंका व्यक्त गरिरहेको बेला दुवै दलका शीर्ष नेताले पार्टिएकता भएरै छाड्ने दोहोर्‍याउँदै ती दल आन्तरिक तयारीमा पनि जुटेका छन्।

एकताको गृहकार्यका लागि माओवादी केन्द्रले गत सोमबार नै बैठक राखेर एकताको मोडलका बारेमा आन्तरिक छलफल चलाइसकेको छ।

यस्तै, नेकपा एमालेले त्यसबारे धारणा तय गर्न शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ। एमालेका एक नेताका अनुसार शुक्रबार दिउँसो बस्ने स्थायी कमिटी बैठकले त्यसबारे आधिकारिक धारणा तय गर्नेछ। बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बस्नेछ।

चुनावअघि एमाले र माओवादीबीच चुनाव सकिएलगत्तै पार्टिएकता गर्ने सहमति भएको थियो। तर, त्यसबेला एकताको मोडल कस्तो हुने भन्ने केही खुलाइएको थिएन। निर्वाचन सकिएपछि पनि एकता प्रक्रिया शुरु नभएको भन्दै पार्टित्त र बाहिर समेत आशंका व्यक्त भइरहेको छ।

केही दिनअघिको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले भावी प्रधानमन्त्रीका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्वीकार गर्ने भन्दै नयाँ गठबन्धन गर्न आग्रह गरेपछि दुवै पार्टि नेता कार्यकर्ता सशंकित भएका छन्।

‘महाधिवेशनसम्मका लागि केही सैद्धान्तिक र वैचारिक असमझदारीलाई बहमै लगेर पार्टिएकतालाई टुंगाउने तयारी भइरहेको एक नेताले बताए। ती विषयमा हाम्रो गृहकार्य भैरहेको छ’-पार्टिएकता संयोजन समितिका सदस्य एवं माओवादी नेता नारायणकाजी श्रेष्ठले भने-‘पहिला खाका बन्नुपर्‍यो त्यसपछि एजेण्डा तय गरेर छलफल गरी निष्कर्षा पुग्ने हो।’ नेता श्रेष्ठका अनुसार शुक्रबार पार्टिएकता संयोजन समितिको बैठक समेत बस्दैछ। उक्त बैठकमा छलफल हुने विषयका बारेमा दुबै दलले आ-आफ्नो तर्फाट राख्ने धारणा तय गर्ने काम भइरहेको पनि बताइएको छ। पार्टिएकता संयोजन समितिमा एमालेका तर्फाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम छन् भने माओवादीतर्फाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायाकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन्।

एकताको तयारीमा जुटे पनि दुर्इ पार्टिच सरकार गठन पहिले कि पार्टिएकता पहिले भन्नेबारेमा भने मतभेद छ।

एमालेका नेताहरुले सरकार गठनपछि मात्र पार्टिएकता हुने भन्दै आएका छन् भने माओवादी केन्द्रले भने सरकार गठन र पार्टिकीकरण सँगसँगै अघि बढाउनुपर्ने जनाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू