अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

नेपाली संगीत धरोहर चन्द्रराज शर्माको निधन

बिआरटीनेपाल २०७४ पुष ५ गते २१:१० मा प्रकाशित

बरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहका बिरामी रहेका शर्माको आज बिहान निधन भएको हो ।

संगीतशिरोमणी यज्ञराज शर्मा का माहिला छोरा चन्द्रराज शर्मा पहिलो नेपाली चलचित्र ‘कुमारी’का संगीतकार हुन् । म मरेपनि मेरो देशको माया छ,, चपला अबलाहरु एक शुरमा (भानुभक्त), ए मेरी मुना (मुनामदन) लगायतका कालजयि गीतमा संगीत भरेका शर्मासंग शिवशंकर मानन्धर, माणिकरत्न, भक्तराज आचार्य, तारादेवी, तोरणमुनि बज्राचार्य, मीरा राणा, संगीता राना प्रधान, सुदेशराज शर्मा लगायतका पुराना संगीतकर्मीले काम गरेका छन् ।

बरिष्ठ संगति प्रशिक्षक समेत रहेका शर्माले श्री स्वस्थानी , महाकवि देवकोटा, गीति नाटक कुञ्जिनी, लगायतमा  दिएको संगीतको चर्चा संधै अविश्मरणिय छ । नेपाल कला भूषण पदिवीबाट सम्मानित चन्द्रराज शर्माका दुई छोराहरु गायक सुदेशराज शर्मा र नरेश शर्मा पनि संगीत क्षेत्रमा सम्मान पुर्वक लिईने नाम हो ।

स्वरसम्राट नारायणगोपाल सांस्कृतिक संस्थानमा महाप्रवन्धक हुँदा चन्द्रराज शर्माले संगीत भरेका नाटकहरु ‘नाम नभएको मान्छे’ र ‘क्रशमा टाँगिएको जिन्दगी’ त्यो समय अत्यन्त चर्चामा रहेको थियो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान आज ११ बजे देखि दिउँसो १ बजे सम्म पशुपछि आर्यघाटमा राखिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू