अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

प्रतिलिटर पेट्रोलको रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८

काठमाडौँ, (रासस) २०७४ पुष ४ गते ८:४० मा प्रकाशित

नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक/एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई जानकारी दिनुभयो ।

पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम हुनेछ । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गरिएको प्रवक्ता गोइतले जानकारी दिनुभयो ।

पछिल्लो मूल्य समायोजनसँगै निगमको मासिक घाटा रु ११ करोड ३९ लाखमा झर्ने जनाइएको छ । हाल निगमको मासिक घाटा रु १९ करोड रहेको बताइएको छ । आयोगले यसअघि मंसिर २२ गते मूल्यवृद्धि गरेको थियो ।

सम्बन्धित सामग्रीहरू