अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

मापसे सेवन गर्ने दुई सय पैँतालिस चालक पक्राउ

काठमाडौँ, (रासस) २०७४ पुष ९ गते २३:३७ मा प्रकाशित

महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ ।

महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमसको अवसर पारेर मापसे सेवन गरी जथाभावी सवारी साधन चलाउने र दुर्घटना हुने भन्दै महाशाखाले विशेष जाँचको व्यवस्था गरेको जानकारी दिनुभयो ।

“दुर्घटना नियन्त्रण गर्न अरू दिनको भन्दा क्रिसमसमा छुट्टै ३५ ठाउँमा विशेष जाँचको व्यवस्था गरेका हौँ”– उहाँले भन्नुभयो । महाशाखाले ८४ गाडीलाई समेत नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्रीहरू