अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

डलर तस्करी मुद्धामा धरौटीमा छुटेका पाईलट फेरि तालिममा विदेश जाँदै

बिआरटीनेपाल २०७४ पुष ३ गते १९:१९ मा प्रकाशित

सरकारले विदेशी मुद्रा अपचलन मुद्धामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन सुवर्ण अवालेलाई तालिममा लागि सिंगापुर पठाउन अनुमति दिएको छ । 

फौजदारी अभियोग लागेका क्याप्टने अवालेलाई राजस्व अनुसन्धान विभाग संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डाययन प्राधिकरणले उडान लाईसेन्स अधावधिक गर्न सिंगापुर पठाउने अनुमति दिएका हुन् ।

ती चारवटै नियकाले मिलेमतो गरी क्याप्टेन अवालेलाई तालिममा पठाउने निर्णय गरेका छन्, सम्बद्ध स्रोतले सोमबार नागरिसंग भन्यो अवाले आगामी शुक्रबार राति साढे ११ बजे निगमै जहाजबाट सिंगापुर जाँदैछन् । उनले त्यहाँ एक साता बिताउनेछन् । आजको नागरिकमा  खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू