अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

फोरमको विजय जुलुसमा झडप: ४ प्रहरी घाईते, २० राउण्ड भन्दा बढी हवाई फायर

बिआरटीनेपाल २०७४ मंसिर २७ गते ६:१८ मा प्रकाशित

बाराको क्षेत्र नम्बर २  मा फोरम र स्थानिय कांग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीले २० राउण्ड भन्दा बढी हवाई फायर गरेको छ । प्रदेश र प्रतिनिधि सभामा दुबै स्थान जित हात पारेको संघीय समाजबादी फोरमको विजय जुलुसलाई पचरौता नगरपालिका ४ बेलदारीका स्थानीयले बिरोध गरेपछी फोरम र स्थानिय कांग्रेस कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड भन्दा बढी हवाई फायर गरेको हो ।

साढे ३ बजेको आसपासमा भएको झडप र हवाई फायरका कारण सो क्षेत्रमा तनाव सृजना भएको थियो  । झडप नियन्त्रण गर्ने क्रममा प्रहरी नायव नीरीक्षक र ३ म्यादी प्रहरी समेत घाईते भएका छन् ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय समाजबादी फोरमका रामसहाय यादवसहितको बिजय र्यालीमा अनावश्यक तडक भडक र बाजागाजाको हो हल्लाको स्थानीयले बिरोध गरेपछी  कांग्रेस कार्यकर्ताले अरुलाई अप्ठ्यारो नपारी खुसियाली साटेर बिजय उत्सव मनाउन अनुरोध गरेपछि बिजय उत्सवमा सहभागीहरु आक्रोसित बन्दा झडपको स्थिती सृजना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू