अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

काठमाडौँ–१ मा काँग्रेस नेता सिंह र काठमाडौँ ४ मा गगन थापा विजयी

बिआरटीनेपाल २०७४ मंसिर २२ गते १८:५८ मा प्रकाशित

काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन् भने क्षेत्र नं ४ बाट युवा नेता गगन थापाले विजय हासिल गरेका छन् । काँग्रेस नेता सिंहले १० हजार ९३६, विवेकशील साझाका मिश्रले १० हजार ११८ र वाम गठबन्धनका अनिल शर्माले पाँच हजार ३३६ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका युवा नेता गगन थापा ३ हजार ४ सय बढी मतले निर्वाचित भएका छन् । उनले २१ हजार ५ सय ५१ मत ल्याई नेकपा एमालेका युवा नेता राजन भट्टराईलाई हराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू