अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

कोलोराडोमा नेपालीहरूको तथ्याङ्क सङ्कलन गरिने

बिआरटीनेपाल २०७४ मंसिर २१ गते १३:०४ मा प्रकाशित

कोलोराडो स्थित रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले कोलोराडोमा बसोबास गर्ने नेपालीहरूको तथ्याङ्क सङ्कलन गर्ने भएको छ उक्त कुराको जानकारी संस्थाका महासचिव टिका पौडेलले बिआरटी नेपाललाई दिएका छन् ।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका पब्लिक रिलेशन अफिसर श्री उमेशप्रसाद श्रेष्ठको संयोजकत्वमा एक उपसमिति बनाई यो कार्यलाई अगाडी बढाउनको निम्ति जिम्मा दिइएको छ ।

पौडेल भन्छन्, “कोलोराडोमा नेपालीको सङ्ख्या कति छ र कुन क्षेत्रमा कति नेपाली छन् भन्ने तथ्याङ्क कतै भेटिदैन । संस्थाको पहलमा यो कार्य सम्पन्न गर्न सकिएमा कोलोराडो नेपाली समुदायको लागी ठुलो उपलब्धि हुन सक्नेछ भन्ने कुरालाई हृदयगमगरी कोलोराडोको अग्रणी संस्थाको हैसियतले यस सम्बन्धमा आवश्यक गृहकार्य गर्न लागिएको हो ।”

साथै संस्थाले,  संस्थाको स्मारिका प्रकाशित गर्ने र हाजिरीजवाफ प्रतियोगिताको काम तीव्र रफ्तारमा चलाइरहेको छ । रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले कोलोराडोको सबै क्षेत्रमा बस्ने नेपालीहरूलाई आ-आफ्नो जानकारीमा आए अनुसारको सूचना, सल्लाह र सुझाव प्रदान गरी, सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू