अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ३२ तस्बिरमा

बिआरटीनेपाल २०७४ मंसिर २१ गते १०:२५ मा प्रकाशित

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ३२ तस्बिरमा

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भक्तपुर क्षेत्र नं. २ अन्तर्गत सूर्यविनायक नगरपालिका, बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रमा मतदान गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ, रासस
प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबारको निर्वाचनमा काठमाडौँ नेपाल युवक मावि पकनाजोलबाट मतदान गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंंह । तस्बिर: प्रदीपराज वन्त, रासस
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर: रोशन सापकोटा, रासस
काठमाडौँ निर्वाचन क्षेत्र–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले स्काइलार्क स्कूल मतदान केन्द्र धापासीबाट मतदान गर्दै । तस्बिर ः सौजन्य–पोखरेलको सचिवालय, रासस
इलामको सूर्याेदय गरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गर्दै पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र–१ का उम्मेदवार झलनाथ खनाल । तस्बिर: गोविन्द लामिछाने, इलाम रासस
दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बिहीबार पर्यवेक्षण गर्दै मानव अधिकारवादीहरु । तस्बिर: रत्न श्रेष्ठ, रासस
डडेल्धुराको उग्रतारा मावि पोखरामा रहेको मतदान केन्द्रमा मतदान गर्दै क्रियापुत्री जोग पार्की । धनबहादुर भण्डारी, डडेल्धुरा, रासस
राष्ट्रकवि माधवप्रसाद घिमिरे दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बिहीबार काठमाडौँको लैनचौरस्थित मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर: नवीन पौडेल, रासस
कञ्चनपुरको भीमदत्तनगरपालिका–६ स्थित शान्ति विद्या निकेतन मतदान केन्द्रमा मतदान गर्दै भीमदत्तनगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंह । तस्बिरः शेरबहादुर सिंह, भीमदत्तनगरपालिका, रासस
धनुषा निवासी १०२ वर्षीया जगतकुमारी ढकाल मिथिला नगरपालिका ६ ढल्केवर चोकस्थित महेन्द्र मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः अजयकुमार साह, धनुषा, रासस
नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र–३ का प्रतिनिधिसभाका उम्मेदवार तथा उपप्रधान एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार मतदान गर्दै । तस्बिर: अजितकुमार झा, इनरुवा, रासस
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं कास्की क्षेत्र–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापा पोखरा लेखनाथ महानगरपालिका–२६ भवानी कालीका मावि मतदान केन्द्रमा बिहीबार मतदान गर्दै । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस
इलामको सूर्याेदय गरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गर्दै पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र–१ का उम्मेदवार झलनाथ खनाल । तस्बिर: गोविन्द लामिछाने, इलाम रासस
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र–६ का उम्मेदवार डा. शेखर कोइराला विराटनगरको आदर्श उच्च मावि मतदान केन्द्रबाट मतदान गर्दै । तस्बिर: प्रभाषचन्द्र झा, विराटनगर, रासस
भक्तपुर क्षेत्र–२ को गुण्डुस्थित वडा कार्यालय भवन मतदान स्थलमा मतदान गर्दै वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता महेश बस्नेत । तस्बिर: लक्ष्मी गारु, भक्तपुर, रासस
भक्तपुर क्षेत्र–१ दरबारक्षेत्रस्थित विद्यार्थी निकेतन मतदान स्थलको क केन्द्रमा मतदान गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें । तस्बिर: लक्ष्मी गारु, भक्तपुर, रासस
मोरङ क्षेत्र–६ का वाम गठबन्धनका उम्मेदवार लालवावु पण्डितले बिहीबारको निर्वाचनमा विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर: मनोज दाहाल, विराटनगर, रासस
कास्कीको मादी गाउँपालिका–८ स्थित धु्रव मावि मतदान केन्द्रबाट १०२ वर्षीय वामदेव सापकोटाले मतदान गर्दै । तस्बिर: निमदत्त सुवेदी, पोखरा, रासस
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू