अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 12:40

रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल कोलोराडोद्धारा छक्का पञ्जा २ प्रर्दशन हुने

बिआरटीनेपाल २०७४ कार्तिक ७ गते ११:४८ मा प्रकाशित

रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल कोलोराडोद्धारा छक्का पञ्जा दुई प्रर्दशन हुने भएको छ । यही आउदो शनिवार अक्टुबर २८ तारिकको दिन क्रसवूड चर्च १०४५१ ह्युरन स्ट्रिट, नर्थग्लेन सहरमा दिनको ४ बजे उक्त चलचित्र प्रर्दशन हुने भएको छ ।

रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल कोलोराडोका अध्यक्ष विनोद त्रिपाठीका अनुसार विगतमा झैँ यस पटक पनि यस प्रर्दशन हुन लागेको चलचित्रबाट आएको आम्दानी यो संस्थाको सामाजिक कार्यमा खर्च गरिने छ । संस्थाका अध्यक्ष त्रिपाठीले यो चलचित्र हेर्ने कोलोराडो बासी सम्पूर्ण महानुभाबहरुलाई आग्रह गरेका छन् । उक्त चलचित्र हेर्न $१५ तोकिएको छ ।

 

Venue:
Cross wood Church
10451 Huron St
Northglenn, Co 80234

प्रतिक्रिया