अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

तरुणदलको आक्रमणबाट वाईसीएल ईन्चार्ज र सल्लाहकार सदस्य घाईते

बिआरटीनेपाल २०७४ असोज २६ गते ४:५३ मा प्रकाशित

नेकपा माओवादी केन्द्र ढोरचौर गाउपालीका वडा न.२ का वाईसीएल ईन्चार्ज प्रेम बुढाथोकी र गापाकमिटिका सल्लाहकार सदस्य नविन बुढाथोकीलाई नेपाली काङग्रेस निकट तरुणदलको टिमले सुनियोजित ढंगले आक्रमण गरेको छ । भाङचौरमा बुधवार राति एक्कासी आक्रमण गरेको वाईसीएलले जनाएको छ ।

आक्रमणमा घाईते २ जनाको श्रीनगरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको सरिता चलाउनेले जानकारी दिईन। आक्रमण गर्ने तरुणदलका कार्यकर्ताको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यता घटनाको घोर भर्त्सना गर्दै न्यायिक छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन वाईसीएल नेपालले पुलिस प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू