निर्वाचन आयुक्तहरु चुनावी व्यवस्थापनका लागि प्रदेश नं २ का बिभिन्न जिल्लाहरुमा पुगेका छन् । आगामी असोज २ गते प्रदेश नं २का आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्त लगायतका पक्षहरुको अनुगमनका लागि निर्वाचन आयुक्तहरु ीत जिल्लाहरुमा गएका हुन् ।
उच्चस्तरीय अनुगमनका लागि आयुक्तमध्ये धनुषा र महोत्तरीमा इला शर्मा, रौतहट र सर्लाहीमा नरेन्द्र दाहाल, पर्सा र बारामा ईश्वरीप्रसाद पौड्याल र सप्तरी र सिरहमा सुधीरकुमार शाह रहेका छन् ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालका अनुसार अनुगमनका क्रममा खटिएका आयुक्तहरुले सम्बन्धित जिल्लास्थित कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजलगायतसँग छलफल र अन्तरकृया गर्नुका साथै हालैको बाढीबाट क्षतिग्रस्त सडक, कल्र्भट र पुलको मर्मतको अवस्था, मतदान स्थल र मतदान केन्द्रलगायत अवस्थाको अध्ययन गरी निर्वाचनका लागि आवश्यक व्यवस्थापन मिलाउन आवश्यकता अनुसार सम्बन्धित निकायलाई निर्देशित गर्नेछन् ।