अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

मिस पूर्वाञ्चलका प्रतिस्पर्धी सहितको टोलीद्वारा नगरप्रमुखलाई सम्मान

बिआरटीनेपाल २०७४ भदौ १६ गते ८:५८ मा प्रकाशित

मिस पुर्वान्चलका प्रतिस्प्रधी सुन्दरीहरुका साथ आयोजक सिल्भर इन्टरटेनमेन्टले धरान उपमहानगरपालिकाको प्रमुख तारा सुब्बाको कार्यालयमै गएर सम्मान गरेको छ ।

लामो समयपछि सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित नगर प्रमुख तारा सुब्बा ,नगर उप प्रमुख मंजु भण्डारीलाई सिल्भर इन्टरटेनमेन्टका अध्यक्ष दीपक बनेपाली , प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ र प्रोमोटर राजेन्द्र गुरुङले सम्मान पत्र , खादा र मालाद्वारा स्वागत -सम्मान व्यक्त गरेका थिए ।

आयोजक सिल्भर इन्टरटेनमेन्टका तर्फ बाट सन्तोष काफ्लेले बोल्दै आफ्नो घोषणापत्रमा पनि उल्लेख गर्नु भए अनुरूप धरानको एकमात्र सभागृहलाई व्यवस्थित र सुभिदाजनक रूपमा पुननिर्माण गरिएको आगामी वर्षभित्र हेर्न पाइयोस भंनी नगरप्रमुखलाई ध्यानाकर्षण गरेका थिए भने मिस पुर्वान्चलले नाफा कमाउनलाई भन्दा पनि सामाजिक अभिप्रायक कार्यहरूमा हात हालिरहेको जनाउदै अघिल्लो वर्ष धरानमा निर्माण हुँदै गरेको आशारासुधार केन्द्रको लागि टिकट बिक्रीको आधा रकम छुट्टाएको र यो वर्ष इटहरिको बाढीपिडित क्षेत्रमा टिकट बिक्रीको सम्पूर्ण रकम छुट्टाइने जानकारी दिए ।

कार्यकर्ममा बोल्दै उप – प्रमुख मंजु भण्डारीले एकै जना मात्र विजेता भए पनि सम्पूर्ण सहभागीहरुले आफ्नो समाज को हित लागि विजेताकै रूपमा कार्य गर्न सक्ने हुनुपर्ने बताउँदै सम्पूर्ण सहभागीलाई शुभकामना दिनुभएको थियो ।यस किसिमका कार्यकर्महरुको विरोध भएको पनि देखेकी छु तर सकारात्मक रूपमा हेर्दा यसले सहभागीहरुको आत्मबल बढ्नमा धेरै सहयोग पुगेको अनुभूति गर्न सकिने उप प्रमुख भण्डारीले बताउनु भयो । त्यस्तै प्रमुख तारा सुब्बाले सम्पूर्ण सहभागीलाई शुभकामना दिनुहुदै आगामी वर्ष हुने कार्यकर्म शुभिदाजनक हलमा आयोजना हुने बताउनुहुदै चाडै सभागृह पुननिर्माण हुने बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू