अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

डा केशव पौडल – हार्दिक अपिल

बिआरटीनेपाल २०७४ भदौ १५ गते १८:४९ मा प्रकाशित

आदारणीय नेपाली समुदाय,
हार्दिक अभिवादन!!

अमेरिकका विभिन्न सहरमा नेपाली समुदायको अग्रसरतामा सामुदायिक केन्द्र (कम्यूनिटी सेन्टर) निमार्ण हुने क्रममा छन् । यो अहिलेको आवश्यकता र सार्थक प्रयास हो । मेरो जानकारीमा अहिलेसम्म १५ सहरमा यस्ता कम्यूनिटी सेन्टर निमार्णको पहल भइरहेको आएको छ । समुदायले गर्ने हरेक कार्यमा मेरो सहयोग र समर्थन रहने मैले पटक पटक प्रतिबद्धता व्यक्त गर्दै आएको कुरा यहॉहरुमा विदितै छ। कम्यूनिटी सेन्टर निर्माण हामी अमेरिकावासी नेपालीहरूको प्रमुख मुद्दाहरू मध्येको एक रहको कुरा यसअघि नै बताउँदै आएको थिएँ । यस क्रममा नेपाली समुदायले निमार्ण गर्ने विभिन्न सहरका कम्यूनिटी सेन्टरका लागि आगामी दिनहरूमा ५ देखि दशहजार डलर भित्र पर्ने गरी मैले जम्मा १ लाख अमेरिकी डलर सहयोग गर्ने जानकारी गराउंछु ।

यसको सुरुआत आजै मङ्गलवार न्यूओर्क स्थित नेपाली रिजउड सोसाइटीले निमार्ण गर्न लागेको कम्यूनिटी सेन्टरका लागि १० हजार डलर दिने घोषणा गरेको छु । यो सबै मेरो व्यक्तिगत सहयोग हो । यस बाहेक हाम्रो समुदायले गर्ने काममा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका)का तर्फबाट संस्थागत समर्थन र सहयोग रहने छ। एनआरएन अमेरिकाको अध्यक्षका हैसियतले पनि म नेपाली समुदायसँग यस्ता कार्यमा सहयोग गर्न विनम्रतापूर्वक आग्रह र अपिल गर्छु । र सहयोग दिने समुदायका सहयोगी मनहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

 

भवदिय
डा केशव पौडल
अध्यक्ष एनआरएन अमेरिका ।

प्रतिक्रिया