अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

छोरी रेणुलाई जिताउँदा सन्तोष मिलेको छ – प्रचण्ड

बिआरटीनेपाल २०७४ साउन २२ गते ४:१३ मा प्रकाशित

भरतपुर महानगरपालिकाको निर्वाचनमा छोरी रेणु दाहालले मेयर पदमा जित हासिल गर्दा आफूलाई सन्तोष मिलेको रेणुका बुबा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

भरतपुरको निर्वाचन परिणामले स्थानीय नागरिकसहित आफूलाई पनि सन्तोष मिलेको उनले बताए।

छोरीलाई जिताउन विशेष शक्ति प्रयोग गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्रिया दिएको सम्बन्धमा पोखरामा संचारकर्मीले सोधेको जिज्ञासामा दाहालले भने, ‘मैले केपी जी को स्टाटस हेरे, चितवनका एमाले कार्यकर्तालाई निर्वाचन परिणामलाई सहजै लिन भन्नुभएको रहेछ । केपी जीलाई धन्यवाद, एउटा नेताले भनेको त्यो सही हो।’

दाहालले पिछडिएका वर्ग र जातिहरुलाई सम्मान, पहिचान र अधिकार दिनका लागि पहिचानका आधारमा राज्य पुर्नसंरचना हुनुपर्छ भनेर आवाज उठाएपनि त्यसलाई मधेसवादी दल र एमालेले मधेसी राष्ट्रवाद र पहाडिया राष्ट्रवादका रुपमा अगाडि बढाउँदा नश्लवादीतर्फ उन्मुख हुन थालेको टिप्पणी गरे । उनले भने, ‘जानेर होस् वा नजानेर देश नश्लवादमा फस्यो भने त्यो फासीवाद वा विखण्डनतर्फ जाने सम्भावना हुन्छ ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउन शुरुमा जनदवाब सिर्जना गरेर यसलाई बहसमा ल्याउने र नभए आन्दोलनबाट पनि दवाब सिर्जना गर्ने माओवादी अध्यक्ष प्रचण्डको चेतावनी छ । उनले मंसिर दोश्रो साताभित्रै प्रदेश र प्रतिनिधि सभाको चुनाव हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू