अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६
| Colorodo: 12:01
शुक्रबार राती साढे ११ बजेबाट सुरु भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मेयर पदको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहाल २७१ मतले पछाडी रहेकी छन् ।
सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको भरतपुर महानगरपालिका १९ मा अहिले सम्म एमालेका देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दहालले ४१ हजार ५ सय ३ मत प्राप्त गरेकी छन् ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ। अध्यक्षमा कांग्रेसका कर्ण गुरुङसहित प्यानल नै विजयी भएको हो।