अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

दमकको शरणार्थी शिविरलाई संग्रालय बनाउने नगर पालिकाको ठहर

बिआरटीनेपाल २०७४ साउन १८ गते ७:४२ मा प्रकाशित

झापाको दमक स्थित बेलडाँगीमा विगत २६ वर्ष देखि शरणागत भुटानी शरणार्थीहरुलाई आश्रय दिए वापत दमक नगरपालिकाले क्षतिपुर्तिको माग गर्ने भएको छ ।

रोल……..
दमक नगरपालिकाकाले साविक दमक ५ हाल ३ स्थित हुम्से दु्म्से सामुदायिक बन क्षेत्रमा शरणार्थीहरुलाई बसोवासका लागि स्थान उपलब्ध गराएको छ । सन १९९० बाट भुटान शाससकले दक्षिण भुटानका नेपाली भाषि नागरिकहरुलाई विभिन्न यातना दिएर देश निकाला गर्न शुरुगरेपछि सन १९९२ बाट झापा र मोरगंमा ७ वटा बिभिन्न शिविरहरुमा १ लाख बढि भुटानी शरणार्थीहरु लाई क्याम्प बनाएर आश्रय दिइएको थियो । यि मध्ये सवै भन्दा धेरै संख्याका भुटानी शरणार्थीहरु दमक स्थित बेलडाँगीमा रहेको ३ वटा शिविरमा बस्दै आइरहेका छन । शरणार्थीसम्बन्धि कामगर्र्दै आइरहेको संस्था राष्ट्रसंघिय उच्च आयोग –युएनएचसीआर) ले उनिहरुको सम्पुर्ण ब्यावस्था गर्र्दै आइरहेको छ । दमक नगरपालिकामा बनेको पछिल्लो जनसरकारले अब राष्ट्रसंघिय उच्च आयोग समक्ष दमकले शरणार्थीलाई पुरयाएको सेवा र शरण दिएको आधारमा क्षतिपुर्ती माग्न लागेको दमकका कार्यकारी अधिकृत युवराज दाहालले बताउनु भयो ।

बाईट…….. युवराज दाहाल कार्यकारी अधिकृत दमक

पछिल्ला दिनहरुमा शरणार्थीहरु तेस्रो देश पुर्नवास हुने क्रम जारी रहेको भएपनि अझै धेरै शरणार्थीहरु शिविरमा नै रहेका र त्यसमा पनि कतिपयले स्वदेश फिर्तीको माग गरिरहेकाले अब उनिहरुको भविष्य के हुने भन्ने पनि अन्यौल रहेको दाहालले बताउनुभयो । विगतमा भएको सहमति अनुसार शरणार्थीहरुलाई खुल्ला गरिएका चार अवसर मध्ये अहिले युएनएचसीआर र नेपाल सरकारले एउटा मात्र तेस्रो देश पुर्नवासलाई महत्व दिइदा शिबिरमा बचेका धेरै शरणार्थीहरुको भबिष्य अन्यौलमा परेको छ । यदि शरणार्थीहरुले पहिला भएको सर्त अनुसार स्थानीय सम्ुदायमा समाहित हुन चाहन्छन भने त्यसकालागि आवश्यक सम्पुर्ण खर्च युएनएचसीआरले व्यहोर्नेगरि व्यावस्थापनको जिम्मा नगरपालिकालाई दिनुपर्ने दमकका मेयर रोमनाथ ओलीले बताउनु भयो । नगरपालिकाले त्यसको लागि एउटा निश्चित क्षेत्रको पहिचानगरि शरणार्थी समुदायलाई व्यावस्थापन गरिने ओलीले बताउनु भयो । श्रणार्थी व्यावस्थापनकालागि अहिले संस्थागत ७ अर्व बढि बजेट रहेकाले स्थानीय समुदायको विकाशमा समेत कुनै खर्च हुन नसकेको नगरपालिकाले जनाएको छ ।

शिविरलाई संग्रालयमा विकाश गरिने

दमक नगरपालिकाले भुटानी शरणार्थीहरुले बसोवास गरेको शिबिरलाई संग्रालयको रुपमा विकाश गर्नलागेको जनाइएको छ । लामो समय देखि हजारौ संख्यामा शरणार्थीहरुको बसोवास रहेको यस क्षेत्रमा उनिहरुले भुटान देखि नेपालसम्म आउदा गरेका गतिविधि तथा प्रयोग गरेका सामाग्रीहरु लगायतका वस्तुहरु संग्रालयमा संग्रहित गरिने भएको छ । शरणार्थीहरुले उनिहरुको दैनिक जिवनमा प्रयोगमा ल्याएका समाग्रीहरुलाई उच्च प्रथामिकता दिदै संग्रालयमा संग्रहित गरिने दमक नगरपालिका मयेर रोमनाथ ओलीले बताउनु भयो । यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा बिकाशहुने गरिनेको संग्रालय निर्माण गरिने जनाइएको छ । सो क्षेत्रमा प्रबेश गर्दा शरणार्थीहरुको दैनिक जिवनका भोगाईलाई झल्लो दिने गरि संग्रालयको निर्माण गरिने अवधारणा नगरपालिकाले बनाइएको ओलीले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू