अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

एनआरएनए अमेरिकको पश्चिम क्षेत्रीय उपाध्यक्षमा मेरो उमेद्वारी

बिआरटीनेपाल २०७४ असार २५ गते १०:२० मा प्रकाशित

एनआरएन अमेरिकाको २०१५-२०१७ का लागि चुनावमा निर्विरोध भएपछि दुई वर्ष सम्म मिडिया कोअर्डिनेटरमा बसेर मैले आफ्नो दक्षताले भ्याए सम्म तन मन र धनले अहो दिन र अहो रात्र खटेर काम गरेको हुँ । मैले मिडिया कोअर्डिनेटर भएर एनआरएनए प्रति दुई वर्ष सम्म भूमिका निर्वाह गरेको सबैलाई अवगतै छ । अव म नयाँ जिम्मेवारी लिन अग्रसर भइरहेको छु । साथीभाइ, आफन्त र एनआरएन अमेरिका सही मार्गमा अगाडि वढोस् भनेर माया गर्नुहुने थुप्रै शुभचिन्तकहरुको सल्लाह र सुझावमा मैले पश्चिम क्षेत्रीय उपाध्यक्षमा उठ्ने निर्णय लिएको छु । नेपाल राजनीतिक स्थिरता तर्फ उन्मुख हुँदै गर्दा देश विदेशमा रहेका नेपालीहरुमा आर्थिक र सामाजिक परिवर्तन पनि होलाकी भन्ने आसा जागेको छ । यसलाई साकार रूप दिन नेपाल भित्र लगानी बढाउने जिम्मेवारी एनआरएनको हो । आफ्नो रगत र पसिना बगेको जन्मभुमिमा रहेका सम्भावनाका बहुआयामिक पक्षहरूमा बहस चलाउदै सबैलाई त्यस तर्फ आकृष्ठ गराउनु एनआरएन अमेरिकाको पहिलो दायित्व हो । हामीले गर्नु पर्ने अरू थुप्रै कामहरू छन् । देश भित्र र अमेरिकामा रहेका नेपालीहरूको हितमा प्रस्ट दृष्टिकोणका साथ काम गर्न चाहन्छु ।

१) गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकालाई नेपाल र नेपालीको हितमा काम गर्ने भरोषायोग्य संस्था बनाउने ।
२) सूचना प्रविधिको चमत्कारिक विकास भइरहेको अहिलेको अवस्थामा अमेरिका भित्र रहेका सबै नेपालीलाई एउटै (एनआरएन )सन्जालमा समेटेर नेपाल भित्र लगानी गर्न प्रोत्साहित गर्ने ।
३) स्वास्थ्य, शिक्षा,जल विध्धुत, पर्यटन जस्ता क्षेत्रमा संयुक्त लगानीको बतावरण तयार गर्ने ।
४) नेपाल संसारको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ । त्यसका लागि नेपाल सरकार र एनआरएनले संयुक्त कार्ययोजना तयार गर्ने ।
५) विदेशमा रहेका नेपालीहरू बिचमा चीरा पार्ने क्षेत्रीय, राजनीतिक र जातीय भावनालाई प्रोत्साहित नगर्ने , अमेरिकाको नेपाली समाजलाई एकशुत्रमा गाँस्ने, एनआरएनलाई साँच्चै नेपालीको हितका लागि खोलिएको संस्था हो भनेर चिनाउने । सकारात्मक समाजको सृजनात्मक विकास गर्ने ।
६) पूर्वीय र पाश्चात्य सभ्यताको चेपमा हुर्कदै गरेको नेपाली नयाँ पुस्तालाई नेपाली पन र संस्कार दिँदै यहाँको विकास र प्रविधिमा जोड्ने । यसका लागि सामुदायिक भवनहरू निर्माणमा सहयोग गर्ने ।
७) आपद विपदमा सहयोग र उद्धार गर्न कोष खडा गर्ने
८) अमेरिकामा रहेका नेपालीका लागि निःशुल्क कानुनी परामर्श र सूचना केन्द्र निमार्ण गर्ने ।
९) अमेरिका भित्र रहेका नेपालीलाई सबै खालका अवसर र सम्भावनाका क्षेत्रहरू पहिचान गर्न सहयोग गर्दै क्षमता र दक्षता अभिबृद्धिमा सहयोग गर्ने ।
१०) एनआरएनए अमेरिकालाई आईसीसीको नेतृत्वदायी भूमिकामा स्थापित गराउने ।

– सर्बज्ञ वाग्ले
पश्चिम क्षेत्रीय उपाध्यक्ष उम्मेदवार

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू