अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

नेपालीहरूको स्वतन्त्र राज्य गोर्खाल्याण्ड हुन अब कसैले रोक्न सक्दैन

निशा अर्याल २०७४ असार ८ गते १८:५६ मा प्रकाशित

खस मल्लहरुले निर्माण गरेको विशाल ख सम्राज्यको समाप्ति पछि त्यसैको पृष्ठभूमिमा भारतको हिमाचल प्रदेश देखि पूर्व काठमान्डौ सम्म विभिन्न स-साना नेपाली राज्यहरूमा विभाजित भए मध्यको चौविसे राज्यहरुभित्र पर्ने एउटा सानो गोर्खा राज्यले नेपाल एकीकरण गर्नुका साथै नेपाली समुदाय र भाषा,भाषी रहेका क्षेत्रहरू विजय गर्दै जाने क्रममा पूर्वमा टिष्टा सम्म विजय हासिल गर्न पुग्यो | यदि राष्ट्रनिर्माता स्वर्गीय श्री पृथिवी नारायण शाहको निधन अरू दस वर्ष पछि भैदिएको भए पूर्वमा आछाम दक्षिणमा बङ्गलादेश र पश्चिममा कास्मिर , गङ्गा सम्म नेपालको सिमाना हुने थियो अनि दक्षिण एसियामै नेपाल शक्तिशाली राष्ट्र सम्म बन्ने थियो यो निर्धक्क भएर भन्न मन लाग्यो |

नेपाली भाषी समाज पृथिवी नारायण शाहले टिष्टा सम्म विजय गर्नु भन्दा पहिले नै पूर्वको आछाम ,बर्मा,थाईल्याण्ड सम्म पुगेको इतिहास तथ्य पाइन्छ |

हाल भारत भनिएको नेपाली भूमि गोर्खाल्याण्ड सदियौं अगाडी देखि नेपाली भाषीहरु कै स्वतन्त्र भूमि हो | त्यस बेला नेपालको नाम र भारतको नामपनि नामकरण गरिएको थिएन | भारतमा कतिपय सम्राटहरु ,चक्रवर्ती राजाहरूले सम्म नेपालीहरूको समुदायको भूमिलाई आफ्नो मातहतमा कब्जा गर्ने आँट सम्म गर्न नसकेको कुरा इतिहासले वताउँछ |

भारत सरकारलाई स्मरण रहोस् नेपालका राजाले त्यो भूमिलाई जितेका बखत भारतको जन्म सम्म भएको थिएन फेरी कुन आधारमा नेपाली गोर्खालीलाई चिया टिप्न आएका भन्ने आँट गर्‍यो अहिले ?

भारत सरकारले कसरि बिर्सियो अङ्ग्रेजको गुलाम भएको ? भारत माथि दर्खर शासन गर्दै अंग्रेजहरुले नेपालसँग युद्ध गरी सुगौली सन्धि मार्फत नेपालको सिमाना नियन्त्रण बाट यो क्षेत्र मुक्त भएको थियो |

माथिका पृष्ठभूमिबाट प्रमाणित हुन्छ कि यो नेपाल भाषी समाजको अर्थात् गोर्खालीहरुको मातृभूमि हो गोर्खा | सृष्टि देखिनै नेपालीहरूको आफ्नो स्वतन्त्र भूमि हो नेपाल |

भारतले १९५० को सन्धि पश्चात् नेपाललाई स-सम्मान फिर्ता गर्नु पर्ने थियो | गोर्खालीहरुको मातृभाषा नेपाली अनि आफ्नै संस्कृति,भेष भूषा,रहन सहन इत्यादि हुँदा किन भाषामाथिको दमन ? कके खोजेको बङ्गलादेश र भारत सरकारले ?गोर्खा भूमिका जनताहरुले हामी भारतीय नेपाली हौ हाम्रो पमम्परा देखिको भूमिमा नेपालीहरूको राज्य गोर्खाल्याण्ड मग्दछौ भन्दै सय वर्ष अगाडी देखि शान्तिपूर्ण आवाज गोर्खालीहरुले उठाउदै आएका छ्न |

पट्क पट्क भारतीय सरकारले यो भूमिलाई नेपालको भूमि भनेर स्वीकार नगरी वयसस्ट वंगालको वृस्तित ओजेल हाल्दै कपट पूर्ण जालझेलबाट दफाउने षड्यन्त्र खेल्दै नेपालीहरूको अधिकारमा कठ्रराघात गर्दै आएको छ |

न्यायपूर्ण ,शान्तिपूर्ण ,संघर्षशील गोर्खाल्याण्ड निवासी नेपालीहरूलाई इष्ट इन्डिया कम्पनीले निरिह भारतीयहरुलाई वर्वता पूर्वक दमन गरेको इतिहास भन्दा बढी नै भारतीय सरकारले अझै जायजति नेपाली गोर्खालिमाथी गरेको देखिन्छ | चीनले हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपालले सिक्किम, दार्जिलिङ फिर्ता लिन किन नहुने ?

अब यी दमनलाई गोर्खालीहरुले कदाचित सहन गर्ने छैनन् | संसार भरका नेपालीहरू एकजुट भएका छन् | विश्व सम्राज्य आदिपत्य जमाउने इष्ट इन्डिया कम्पनीले नेपाली गोर्खालिसंग हार मानेको इतिहास साक्षी भएको कुरा भारतीय सरकारले गीत गाउदै आएको छ , गोर्खाली बिना भारत कम्जोर हुन्छ भनेर मन्तव्य दिँदै आएको छ तर कसरी तिनै गोर्खाली माथि कुठाराघात गर्ने षड्यन्त्र ? किन विर्सिदै छ भारत सरकार ? विश्व भरि गोर्खालीहरुले सशक्त शैनिकहरुलाई एउटा सीमित साधन मात्र खुकुरीको भरमा प्राप्त गरेका विजय अनगन्ती घटनाका उदारहण भारत र बेलायतको सान राख्ने वीर गोर्खालीअरु नै हुन | भारतीय कृतग्न सरकारले यो कुरा बुझेर बुझपचाई यदि सम्मान पूर्वक गोर्खाल्याण्ड नदिए यो भूमि नेपालीहरूको एउटा स्वतन्त्र राष्ट्रमा परिणत हुनलाई कसैले रोक्न सक्ने छैन | अब संसार भरीका नेपाली भाषी ,वीर गोर्खालीहरु एकजुट भैसकेका छ्न आवश्यक पर्दा मातृभूमिको लागि जीवन बलिदान सम्म गर्न तयार देखिन्छ्न |
त्यसैले भारत सरकार छिमेकी हुनुको नाताले पनि र मानवीय नाताले पनि धर्मको नाममा कालो कठारो नराखी सम्मान पूर्वक नेपालको भूमि गोर्खालीलाई फर्काइ देऊ र आ-आफ्नो सिमानामा रहेर सम्मान पूर्वक भाइचारा गरी सबैले बाच्न सकून जसले तिम्रो सम्मान बढ्ने छ | अन्यथा रगतको खोलो एकार्कामा लड़ाई चुस्ने धर्मको आड लिएका तिम्रो त्यो स्वाभाविमानी बाहिर देखिने कपडाको खोल अवश्य च्यातिने छ चेतना भए |