अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

एन आर एन ए इटालीका अध्यक्ष छत्र कुमार श्रेष्ठको सहयोग आफैले अक्षर चिनेको विद्यालयको लागी

बिआरटीनेपाल २०७४ असार ७ गते २२:३६ मा प्रकाशित

रहर, बाध्यता वा अवसरको खोजीमा परदेशीनुको कारण हरेक परदेशीनुमा फरक—फरक होला । मुख्य उद्देश्य प्राप्ति नै हो । कोही कसैले सोचे भन्दा धेरै प्राप्त गर्ला, कसैको सङ्घर्षमा नै बित्ला, कोही कालान्तर सम्म हराउलान् । कोही सक्रिय भई रहलान । आफू सफल भएपछि हरेक नेपालीको मनमा आफ्नो देश, आफ्नो जन्मथलो, खेले हुर्केका गाउँ, पढन लेख्न सिकेका विद्यालय वा आफूले बालापनमा ढोगेका मन्दिरहरु । हरेकलाई केही न केही गर्ने इच्छा हुन्छ नै । कसैले सक्लान , कसैैले चाहना हुदांहदै पनि नसक्लान ।

यहाँ यस्तै बिसौ वर्ष देखिन इटालीलाई कर्म थलो बनाइ रहेका यसै स्याङ्गजा जिल्ला अर्जुन चौपारीमा जन्मेका छत्र कुमार श्रेष्ठले आफूले अक्षर चिनेको विद्यालयका लागी तिन लाख रुपैयाँ (३,००,०००) बराबरको ल्यापटप, प्र्रिन्टर, दराज र एक लाख दश हजार नगद (१,१०,०००) पनि सहयोग उपलब्ध गराए । उनी बताउँछन — यो उनको सुरुवात मात्र हो । अझ धेरै गर्नु छ ।

त्यस्तै उनीसँगै जर्मनीबाट आएका जर्मनका एन आर एन टँक लम्सालले पनि विद्यालयका लागी सहयोग गरे । उनलाई स्कुलका विद्यार्थीहरू र स्कुल देखेर त्यो सहयोग गर्न मन लाग्यो बताए ।  यसै गरी यस सामाग्री हस्तान्तरण कार्यक्रमका संयोजक स्थानीय राजनीतिज्ञ देवी प्रसाद अर्याल भन्छन् — हामी अभाव नै अभावमा बिताइ रहेका नेपाली । हामीले यस्ता सहयोग खोजी रहेका थियौ । आज यसको सुरुवात भयो ।

त्यस्तै अर्का सामाग्री लगायतका संयोजक चन्द्र्र भट्ट भन्छन् — हुनेले नहुनेलाई दिने अनि नहुनेले पाएकोलाई सही सदुपयोग गर्ने । यही नै हो मानवीय सभ्यताको अर्थ । त्यसै गरी विद्यालयका प्रधानाध्यापक बताउँछन — हामीलाई आज प्राप्त भएको सामाग्रीले धेरै मद्दत पु–याउनेछ । हामी यस्तै सामाग्रीको खोजी धेरै अगाडी देखि गरी रहेका थियौ । तर किन्न भने सकेका थिएनौ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँ प्ुगेका छत्र कुमार श्रेष्ठको टोलीलाई स्थानीय विद्यालय सञ्चालक समिति र प्रधानाध्यपक टोलीले लोकप्रिय पञ्चे बाजाले स्वागत गरेका थिए भने विद्यार्थीहरूले नृत्य प्रस्त्ुत गरेका थिए । अन्त्यमा छत्र कुमार श्रेष्ठले — म आफू पढेको यस विद्यालयलाई उच्च शिक्षाको लागी आवश्यक पर्ने सहयोग जुुटाउनका लागी अझ बढी सक्रिय हुनेछु । श्रेष्ठ इटाली र जर्मनीमा रेष्टुरेण्ट तथा होटेल व्यवसाय सञ्चालनमा सक्रिय छन् । त्यसै गरी उनले आफ्नो आमाको सम्झनामा बुटवल स्थित कृष्ण मन्दिरमा घण्ट प्रदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू