अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

नेपालले वैदेशिक लगानी आकर्षित गर्ने रणनीति लिएको छ – उद्योग मन्त्री जोशी

बिआरटीनेपाल २०७४ जेठ ९ गते २२:४२ मा प्रकाशित

उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपालले हालै जारी गरेको संविधानले पूर्वाधार विकासको लागि वैदेशिक लगानीलाई एक महत्वपूर्ण अवसरको रुपमा अंगीकार गरेको वताउनुभएको छ । जोशीले सोमवार अमेरिकाको न्यूयोर्कमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय मञ्च फोरम फर फाईनान्सिङ्ग फर डेपलमेन्ट फलोअफ मन्त्रीस्तरीय राउण्ड टेवल छलफलमा सम्बोधन गर्दे अन्र्तराष्ट्रिय समुदायका माझमा नेपालको धारणा राख्नुभएको हो ।

मन्त्री जोशीले अगाडि भन्नुभयो –नेपालले दिगो विकासको लक्ष्य –२०३० को हासिलका लागि महत्वपूर्ण काम गर्दे आएको छ । यसको लागि हामीहरुलाई पूर्वाधार विकासमा लगानी नै प्रमुख वाधक रहेको छ,तर हामी वैदेशिक लगानीका लागि द्धिपक्षीय र वहुपक्षीय साझेदारहरु मार्फत काम गर्दे गरेका छौं ।

जोशीले अगाडि भन्नुभयो –यही मार्च महिनामा हामीहरुले नेपालमा लगानी अभिवृद्धि गराउने अभिप्रायले लगानी सम्मेलन गर्न सफल भएका छौं, यसमा करिव १४ अर्व डलरको लगानीको प्रतिवद्धता हामीहरुले पाएका छौं ।

जोशीले विशेष आर्थिक क्षेत्र ऐन सरकारले पारित गरेको र सोही अनुसार भारतीय र चीनियाँ नाकालाई लक्षित गरेर १४ स्थानमा विशेष आर्थिक क्षेत्रको स्थापना केही वर्ष भित्र गरिने वताउनुभयो ।

सरकारले आन्तरिक स्रोत समेत परिचालन गरेर पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दे काठमाण्डौं तराई फास्ट ट्रयाक, ७६ किमी राजमार्ग र ९०० मेगावाटको विद्युत उत्पादनको कार्य अगाडि वढेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू