अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति र्याली गरिने

बिआरटीनेपाल २०७४ वैशाख २९ गते ११:२९ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, कोलोराडो, अमेरिका ।
२५ सय ६१ औँ बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोको डेनभर डाउनटाउन स्थित सिभिक सेन्टर (101 W 14th Ave, Denver, Co 80202) मा पर्सी आईतवार मे १४, २०१७ दिनको १२ बजे देखी २ बजेसम्म शान्ति र्याली प्रदर्शन गरिने भएको छ । कोलोराडोमा रहेका सङ्घ संस्थाको आयोजनामा, बुद्धको जन्म भूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति र्यालीको आयोजना गरिन लागेको जानकारी रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले बिआरटी नेपाललाई दिएका छन् । 

रकी माउण्टेन फ्रेन्डस् अफ नेपालको सकृयतमामा नेपाली घर, तमुधि कोलोराडो, तमुपेलु, एनआरएन, जनसंम्पर्क समिति, अन्तर्राष्ट्रिय साहित्य समाज, प्रवासी नेपाली मन्च, नेवा खःल, नेःवा डबु, बिआरटी नेपाल डट कम, संखुवा सभा समाज लगायतका सङ्घ संस्थाहरूको आयोजनामा शान्तिर्याली सम्पन्न हुन गैरहेको छ ।

फायल फोटो 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू