अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

सार्वजनिक भयो डिभी नतिजा ? यसरी थाहा पाउनुस् आफ्नो नाम पर्यो परेन ?

बिआरटीनेपाल २०७४ वैशाख २० गते ०:१९ मा प्रकाशित

अमेरिकाले गत वर्ष खोलेको इडिभी चिट्टाको नतिजा सार्वजनिक भएको छ । बहुसंख्यक नेपालीले प्रतिक्षा गरिरहेको यस बर्षको ईडिभि नतिजा मंगलवार राती सार्वजनिक भएको हो ।

सार्वजनिक भएको नतिजाबारे सम्बन्धीत ब्यक्तीलाई तत्काल ईमेल या कुनै जानकारी अमेरिकन दुतावासले नदिने हुदा आफैंले ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर बुझ्नु पर्ने हुन्छ । नेपाली समय अनुसार हिजै राती नतिजा सार्वजनिक गरिएको भएपनि अमेरिकाको ईडिटी समय अनुसार मंगलवार मध्यान्न पछि मात्र नतिजा सार्वजनिक हुँदैछ ।

दूतावासले भनेको छ, ‘दूतावासले तपाईंहरुको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनुहुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध पठाउँदैन,’

 

आफुलाई डिभी परेको छ या छैन थाहा पाउनका लागि अमेरिकन दुतावासले जारी गरेको सम्पर्क नं.

-नेपालमा सोमबार देखि शुक्रबार सम्म (बिहान ८बजेदेखि बेलुका ८ बजेसम्म)  सो केन्द्रमा फोन नं. १-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिने ।

-अमेरिकामा रहनेहरूले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सकिने ।

support-nepal@ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सकिने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू