अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

नेजाले एनआरएन अध्यक्ष पदका आकांक्षीहरुसंग मे ६ र १४ मा अन्तर्कृया गर्ने

बिआरटीनेपाल २०७४ वैशाख १० गते २२:५० मा प्रकाशित

नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाले नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कार्यक्रम गर्दै आएको बिदितै छ । विभिन्न कारण गैर आवासीय नेपाली सङ्घ ( एनआरएन) अमेरिकाको निर्वाचनको तालिकामा केही हेरफेर भएका कारण नेजाले गर्ने पूर्व घोषित बहस कार्यक्रमको मितिमा समेत परिवर्तन भएको जानकारी नै छ । त्यसै सिलसिलामा एनआरएन अमेरिका निर्वाचन समितिसँगको छलफल पश्चात् नेजाले अध्यक्ष पदका आकांक्षीहरुसंग निम्न मिति र स्थानमा हुने सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त उत्साही छौँ । आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारको रूपमा रहनु भएका आकांक्षीहरुलाई नेजाले बहसमा सहभागी हुनकाका लागि पत्राचार गरिसकेको छ । सार्वजनिक सरोकारका विषयहरूमा आकांक्षीहरुसंग गहकिलो बहस हुनेछ । हालसम्म प्रकाशित बहसको समय तालिका:

मे ६, २०१७ शनिवार – वासिङ्टन डिसी (Sat. May 6, 2017 – Wahington DC)

मे १४, २०१७ आइतबार – डालस, टेक्सस (Sun. May 14, 2017 – Dallas)

महासचिव तोया दाहालद्वारा जारी बिग्यप्तीमा जनाइए अनुसार उम्मेदवारहरुले नेपालीहरूको वृहत्तर हितमा आफ्नो योजना, दृष्टिकोण र योग्यतालाई प्रस्ट पार्न र समुदायलाई उम्मेदवारहरुसँग साक्षात्कार गर्ने वातावरण सिर्जना गर्ने योजना अनुसार नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)ले अमेरिकाका प्रमुख सहरहरूमा स्थानीय समुदाय र उम्मेद्वारहरुका बिच सार्वजनिक बहसको आयोजना गर्न लागेको हो । निर्वाचनको कार्य तालिका प्रकाशित भए पछि अन्य सहरहरूमा हुन सक्ने बहसको मिति तथा स्थानहरुका बारेमा हामी पुन सूचना प्रकाशित गर्नेछौ । एनआरएन अमेरिका र त्यसका राज्य स्तरिय शाखाहरु तथा स्थानीय सङ्घ संस्थाहरू सँगको सयुंक्त आयोजनामा सञ्चालनमा हुने सार्वजनिक बहसमा एनआरएन अमेरिकाको भावी नेतृत्व, खास गरी, अध्यक्ष पदका आकांक्षीहरुसंग अमेरिकाको नेपाली समुदायसँग सम्बन्धित विभिन्न पक्षहरूमा सार्वजनिक बहस गरिनेछ । बहसको खाका, विषय तथा प्रश्नहरू नेजाको सार्वजनिक बहस समूहले तय गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू