अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

कुत्तेका दाना -सर्बज्ञ वाग्ले

बिआरटीनेपाल २०७४ वैशाख ८ गते २२:०७ मा प्रकाशित

नामै सुन्दा पनि मन,मुटु, मस्तिष्क, शरीर हात खुट्टा धडकन् एकै पटक हल्लने शब्दको जालाँ छिमेकी सहयोगार्थ रकमको पालाँ नयाँ साल बनेर इतिहाँसको नामी पानाँ ठ्याम्मै ठाम्मै बस्यो । हेप्न पनि कति हेप्या चेप्न पनि कति चेप्या ? सेक्न पनि कति सेक्या, देख्न पनि कति नसक्या भन्दै आएका भर्भराउँदा आँफ्नै दाजुभाइका शब्दाँ म बाबुरो व्यंग्यका आँखाले दिव्य रूप भक्ति देखेँ । धन्यवाद छिनका छिमेकी, दिनमा मिलेसी दिएर नरित्तिने तिम्रा ती दानी हातहरुमा नरित्तिने शव्दहरूमाँ लाख लाख कमाल ।

यसै सन्दर्भमा मैले ‘ इन्द्र युधिष्ठिर संवाद र धर्ममा दृढ रहेर स्वर्ग जानु ‘ भन्ने शिषर्कको महाभारतको ३२, ३३ अौ शिलकबाट पं गौरी शङ्कर बशिष्ठ द्वारा लिखित यो श्लोक – कुकुर रुपी भगवानले परीक्षा लिन युधिष्ठिरको पछि लागेर स्वर्ग जाने विमान छाड्ने युधिष्ठिरलाई यसरी भन्छन् –

मेरो आश्रित भक्त हो शरणमा आयो भनी श्वानको ।
बर्ता स्नेह गरी स्वायं त्यजी दियौ, आनन्द जो स्वर्गको ।।

यो कार्यले खुसी भएँ, तिमी देखी एेहे ।
राजा तिमीसरि भएन, क्वै पहिले ।।
छैनन् उपस्थित, हुने पनि आस छैन ।
जाऊ संदेह अब स्वर्ग र गर्नु चैन ।।

यसरी हामीलाई दिने राहताँ कुत्ताको नाम दिने महान् छिमेकीलाई धेरै धेरै धन्यवाद नभनी रहन पटक्कै सकिन । भगवानले नै पटक पटक कुकुरको भेषाँ ठुला-ठुला देशाँ इमान दारिताको प्रस्तुति दिनु भएको धर्म शास्त्र रूप प्रशस्त उदाहरण छन् । यो मान्दैनौ भने तिमी पनि आँफूलाई हिन्दुस्तान भन्छौ किन ? हुन पनि हो हाम्रो देशाँ भगवान् बुध्द जन्मनु भयो, माता सीता जन्मनु भयो, राजा जनकले राज्य गर्नु भयो, सगरमाथाको टुप्पोबाट भगवानले संस्सार कन्ट्रोल गर्नु भयो र गरिरहनु भएको छ । हाम्रो देश देउतै देउताको देश, सिधा साधाको देश, मेहेनतीको देश,समग्रता माँ भन्दा युधिष्ठिर मय देश । त्यसैले यो देश देउताले कुकुरको भेष लिनु भएको देश,देउताले पशुको रूप लिनु भएको देश भएर होला पशुपति नाथको देश । त्यसैले तिमीले हामी सबै नेपालीलाई राजा जनक, सीता, भृकुटि, गौतम बुद्ध र इन्द्र देखेर होला । हाम्रो देशलाई विन्द्रावन देखेर होला अर्थात् हाम्रो स्वर्ग जस्तो देशलाई स्वर्गै देखेर होला । हामीलाई दिने राहतको नाम देउतालाई दिने प्रसाद पो भनिएको हो कि भन्ने तर्क गर्दा फर्क नपर्ला हैन त हजुर ?

आँफू त हजुर गरिब, गरिबको अौकात भन्दा फुत्त माथि उफ्रयो कुत्ता चौकोशाँ | पाँचतारेमा कुत्ताको बसाइ, प्लेन, महँगा महँगा कार, संसारको व्यापर कुत्ताको जीवन त हजुर मैले देखेको अपार ।

साँच्चै भनु भने तिमीले नाम त दियौ “कुत्तेका दाना ” तिम्रा पनि घरबार बिहिन मानव जुत्ता बिहिन जीवन बाटाँ पाल टाँगेर भोक,प्यास, रोग र अकालको कैयौ मानवले शाहदत प्राप्त गरेको समाचारको अग्र पंक्तिमा अनलाइन,टुयुटर र टिबी को स्क्रिनमा, फेसबुकको वालहरुमा वग्रेल्ती ब्युँतिएको दृश्यहरू हेर्दिन भने पनि देखिन्छ । संसारले देखेको छ । संक्षेपाँ भनौ भने तिम्रो देश संसारकै अजिव, धेरै मानवहरुको सजीव जीवन भन्दा कुत्ताकै जीवन पो नसिब ।

तिमी महान् रहेछौ र पो महानताको कुरा गर्‍यौँ साँच्चै भन्ने हो भने कुत्तालाई महंगाइको कुनै असर पर्दैन महंगाइको कमित कुत्ताको दाना जुटाईनेलाई पर्छ । बिहान बेलुका तिम्रा घरका कुत्तालाई गाडी कार र सवारी साधनाँ घुमाउँदा बस्ने खाने ठाउँको बन्दो बस्त गर्दा व्यहोर्ने महंगाइको यहाँ बढाइ चढाइ गर्नु पो के छ र ? हजुर धेरै समाचाराँ सुनेको थिएँ । तिम्राँ कुत्ताको मूल्य भन्दा धेरै कम मूल्यमा सैयौ बाल बालिका बिक्छन रे हो ? कुत्ताको दाना भन्दा धेरै कम्मा ती बिक्री भएका बालकका पैसाँ त चामल पनि आउँदैन रे हो ?

जे होस हाम्रो देउतै देउताको देशाँ त्यस्तो छैन एसाँ । हामी देउताका देशाँ बस्ने देशीले हेर्ने दृष्टि पनि देउतैका नजरले हेरेर भन्दैछौ ‘ तिम्रा बेचिने बाल बालिका को मूल्य कुत्ताको भन्दा कम नहोस तिम्रा भविष्यका कर्णधारले कुत्ता भन्दा राम्रो ठाउँमा बस्न पाउन, खान पान समान , रहन सहन रहोस् सबैको महान् । भगवान् श्री कृष्णले भन्नु भएको छ “सबै प्राणीहरुको प्राणमा म रहन्छु र सबैको मनको पीडा मैले सुनेको छु । भनिन्छ ‘ धनी मानी वरिष्ठ ठुला वडालाई भगवान् सम्झेर जुत्ता तलुवा चाटछन् । गरिबलाई कुत्ता सम्झेर डाँटछन् । त्यसरीनै अर्को उखान याद आयो ‘ कुत्ताको स्वामी भक्त्त कसैको छैन शक् मनिसको बफादारीलाई विश्वास गर्ने छैन कसैको हक् ।’ कुत्ताको खाना, धेरै प्रकारको दाना । हरेक पौष्टिक आहारको ब्यालेन्स गर्नै पर्छ सह्राना ।

धेरै कुरा के गरौँ तिम्रा हाम्रा मान्छे खाडीयाँ वफादर नौकरी गर्छन्,बन्द बाकसाँ प्रत्येक दिन मृत शरीर झर्छ्न् । तिम्रो ‘कुत्तेका दानाको’ भाषण तिम्रा आँफ्नै दाजु भाइलाई कुत्तेका दानाको भन्दा कंसल रासन् । तिम्रा हाम्रा आफ्नै दाजु भाइलाई खाड़ी र क़तारवाट मृत शरीर झर्छन वाकसका वाकस उनीहरूलाई विदेशाँ कति होला कसल ? सन्तोषले र शान्तिले खान लाउन नसकेर बिदेशाँ कति हो कति लटारो । कति मर्छन् भोकै कति प्यासै घरबार बिहिन छन् आफ्ना वरपर बत्तीको अन्ध्यारो किन हान्छौ अरूलाई झटारो ?

त्यसैले सबै प्राणी हरुलाई समान हेर्ने तिम्रा दृष्टि बनुन ‘ कुत्ता ‘ भगवानको रुपाँ हुनु हुन्छ भन्ने ज्ञान आएर हाम्रो दानालाई महान् नाम दिने तिम्रो महान् सोच र आत्मा हाम्रा देशका भगवान् वसुन् ‘ जय कुत्ते ‘।

प्रतिक्रिया