अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

कस्तो अबस्थामा टिपिएस हुनेले अमेरीकाको ग्रिनकार्ड पाऊन सक्दछन

विनोद रोका, एटर्नी एट ल, न्युर्योक २०७४ वैशाख १ गते १०:०७ मा प्रकाशित

अमेरीकी अद्यागमन कानुनको सेक्सन २४५ (ए) अनुसार कुनै बिदेशी अमेरीकामा जाचपास वा पेरोल्ड भएर भएर “inspected, and admitted or paroled” प्रवेश गरेमा रोजगारदाता वा पारिवारिक भिषा स्पोन्सरको आधारमा यही बसेर ग्रिनकार्ड पाऊन सक्दछ। यसरी ग्रिनकार्ड पाऊनका लागि विदेशी स्ष्टाटसमा हुनु पर्दछ। स्टाटसमा नभएको वा ओभरस्टे भएको अवस्थामा छ भने सामान्यतया अमेरीकी नागरिकता भएको व्यक्ति संग लोग्ने वा स्वास्नीको नाता रहेको हुनु पर्दछ । साथै यस्तो बिदेशी व्यक्ति आपराधिक एवं अन्य कानुनद्धारा अमेरीकामा बस्न नपाऊने गरि प्रतिवन्धित भएको हुनु हुदैन ।

अमेरीकी अद्यागमन बिभागको ब्याख्या अनुसार जाचपास वा पेरोल्डको मापदण्ड भनेको विदेशी बि१ बि२,(व्यापार,घुमफिर) एफ१ (विद्यार्थीं), एच१ (काम), जस्ता नन ईमिग्रेण्ट (अस्थायी) भिषामा अमेरीकामा आएको हुनु पर्दछ। अर्थात अमेरीकी अद्यागमन बिभागले अमेरीकी कन्सुलरले दिएको भिषाको आधारमा जाचपास भै अमेरीकामा प्रवेश गर्न र निश्चित समय सम्म बस्ने अनुमती दिएको हुनु पर्दछ।

अमेरीकी अद्यागमन बिभागकोे परिभाषा अनुसार भिषा नलिई अनधिकृत रुपबाट अमेरीकामा प्रवेश गरेका अर्थात सिमानाबाट छिरेका विदेशीहिरुले भने अमेरीकामा आएर यहाको नागरिकसंग बिवाह गरेपनि अमेरीकामै रही ग्रिनकार्ड लिन सक्दैनन । किनभने ऊनीहरु अमेरीकी अद्यागमन बिभागका अधिकृतबाट जाचपास वा पोरोल्ड भएका हुदैनन । तर अमेरीकामा रहेका ११ वटा सर्किट कोर्ट मध्येका २ वटा सकिर्टट कोर्टरुले अद्यागमन बिभागले गरेको व्याख्या गलत भएको ठहर गरेका छन ।

अमेरीकाको छैठौ सक्रिटकोर्टले ४ जुन २०१३ मा टिपिएस एवं एडभान्स पेरोल पाएको बिदेशी व्यक्तिले अमेरीकी नागरिकसंग बिवाह गरी पारिबारि भिषा स्वीकृत भएको रहेछ भने अमेरीकामा नै बसेर ग्रिनकार्ड लिन सक्छन भनि फैसला गरयो । अदालतका अनुसार टिपिएस एवं एडभान्स पेरोल पाऊने बिदेशीले जाचपास वा पेरोल्ड भएर आऊने विदेशीले भन्दा बढी प्रकृया पुरा गरी जाचपास भएर टिपिएसको सुबिधा पाऊने हुदा मौजुदा कानुनले भनेको जाचपासको प्रकृया पुरा भएको छ। छैठौ सर्किटकोर्ट अन्तर्गत केन्टोकी, टेनेसी, ओहायो, ईण्डीयाना, आदि राज्य पर्दछन। अत यो फैसला ती राज्यहरुमा बस्ने टिपिएस पाएको बिदेशीलाई मात्र लाग्दछ। (Flores v. U.S. Citizenship & Immigration Servs., 718 F.3d 548 (6th Cir. 2013)

मार्च ३१, २०१७ का दिन क्यालीफोर्नीया रहेको नवौ सर्किटकोर्टले पनि छैठौ सर्किटकोर्टले गरेको फैसलामmै टिपिएस पाएका बिदशीले अमेरीकी अद्यागमन कानुनले तोकेको जाचपासको मापदण्ड पुरा गरेको अबस्था छ।तसर्थ यस मुद्दाका टिपिएस पाएका बिदेशीले अमेरीकी नागरिकसंग विवाह गरी पारिवारिक भिषाको निवेदन समेत स्वीकृत भएको हुदा अमेरीकामा नै बसेर ग्रिनकार्ड लिन सक्दछन भनि फैसला गरेको छ। फैसलाले टिपिएस पाएको व्यक्ति टिपिएसको अवधिभर नन ईमिग्रेण्ट स्टाटसमा रहन्छ भनि कानुनले स्पष्ट गरेको र यस्तो स्टाटसमा रहेको अवस्थाम भिषा करेण्ट छ भने ग्रिनकार्डको लागि योग्य मानिन्छ। यो फैसलाको आधारमा टिपिएस पाऊने बिदेशीले गिन्रकार्ड पाऊनु पर्दा क्यालीफोर्नीया, नभदा, अरेजोना, ओरेगन अडोहा, र वासिंगटन राज्यहरुमा बसोबास गरेको हुनु पर्दछ। Ramirez v. Brown -9th Cir. 2017.

तर एघारौ सर्किट कोर्टले भने २०११ मा अनधिकृत रुपबाट अमेरीका छिरेका बिदेशीले टिपिएसको सुबिधा पाएपनि अद्यागमन कानुनले तोकेका जाचपासको मापदण्ड पुरा गर्न सक्दैनन। तसर्थ अमेरीकी नागरिकसंग बिबाह गरी भिषा स्वीकृत भएपनि ग्रिनकार्ड लिन सक्दैनन भन्ने व्याखा गरेको छ। (Serrano v. USCIS, 655 F.3d 1260 (11th Cir. 2011).

अमेरीकी अद्यागमन बिभागको व्याख्या अनुसार टिपिएस पाएका विदेशी सबैले स्पोन्सर भएमा अमेरीकाको ग्रिनकार्ड लिन सक्दैनन। यस्को लागि यात टिपिएस पाऊने बिदेशी टिपिएस पाऊदा आऊट अफ स्टाटस नभएको। रोजगारदाता वा ग्रिनकार्ड भएका लोग्ने वा स्वास्नीले गरेको भिषा स्पोन्सरको निवेदन स्वीकृत भएको। र टिपिएसको स्टाटस रहदा नै भिषा करेण्ट रहेको अवस्थामा हुनु पर्दछ।

यदि यस्तो अवस्था छैन भने माथि लेखिए बमोजिम छैठौ र नवौ सर्किट कोर्टले गरेको फैसला अनुसार अनधिकृत रुपबाट अमेरीका प्रवेश गरेका र टिपिएसको सुबिधा पाएका बिदेशीले अमेरीकी नागरिकसंग बिबाह गरेको। र अमेरीकी नागरिक लोग्ने वा स्वास्नीले स्पोन्सर गरेको पारिवारिक भिषा स्वीकृत भएकाले मात्र अमेरीकामै बसी ग्रिनकार्ड पाऊछन।

माथीका फैसलालाई सार्बजनिक संजालमा ैटिपिएस पाएका सबै व्यक्तिले अमेरीकाको ग्रिनकार्ड पाऊछन भनि भ्रम फैल्याईएका छ। त्यस्तै कतिपय व्यक्तिहरुले टिपिएस पाएका तर दुईवटा सर्किट कोर्टहरुले आफना क्षेत्राधिकार भित्र रहेका राज्यहरुमा बस्ने र तोकिएको शर्त पुरा गरेका पारिवारिक भिषाद्धारा ग्रिनकार्ड लिनेहरुको हकमा गरेको फैसलालाई अमेरीकाको सबै राज्यमा बस्ने टिपिएस पाएका बिदेशीहरुले यो सुविधा पाऊछन भन्ने गरेको पनि सुनिन्छ।

———————————————

टिपिएस पाएका सबै बिदेशीले स्पोन्सर वा स्पोन्सरबेगर नै ग्रिनकार्ड पाऊने गरी हाल कुनै कानुनको निर्माण भएको छैन। अनि यस्तो व्याख्या अमेरीकाको संघिय सर्बोच्च अदालतबाट पनि भएको छैन र अद्यागमन बिभागले आफनो नितीमा परिवर्तन पनि गरेको छैन। तसर्थ टिपिएस पाएका बिदेशीहरुले समाजिक संजाल र गैरपेशेवर व्यक्तिहरुबाट प्राप्त जानकारीमा भर नपरी अनुभवी ईमिग्रशेन एर्टनीको सल्लाह र सेवा लिनु होला।

+प्रस्तुत बिचार तपाईको जानकारीको लागि मात्र तयार पारिएको हो कानुनी परामर्शका लागि होईन। तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा  binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ। 

– विनोद रोका, एर्टनी एट ल, न्युर्योक

सम्बन्धित सामग्रीहरू