अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

नेपाल प्रहरीको आइजीपीमा प्रकाश अर्याल नियुक्त

बिआरटीनेपाल २०७३ चैत २८ गते १८:२४ मा प्रकाशित

काठमाडौंः प्रकाश अर्याललाई नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले डिआईजी अर्याललाई नेपाल प्रहरीको आइजीपीमा नियुक्त गरेको हो ।

डिआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले गत फागुन १ गते खारेज गरिदिएको थियो । आइजीपीमा चन्दलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको भोलिपल्टै डिआईजी नवराज सिलवालले आफूलाई आइजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सर्वोच्चको पूर्ण इजलाशले चन्दलाई आइजीपी बनाउने सरकारको निर्णय खारेज गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू