अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 23:43

बेहाल सडक नेपालमा  कहिलेसम्म ? – रामभक्त राई 

बिआरटीनेपाल २०७३ चैत २८ गते ११:०२ मा प्रकाशित

आज म अरू केही नभएर हाम्रो देशको लथालिङ्ग भत्काइएको सडक अनि लम्पसार परेर मर्मत सम्भार कुरिरहेको त्यही  सडक अनि गल्लिको बारेमा चर्चा गर्न गइरहेको छु । मैले केही वर्णन गरिरहन पर्दैन कति बेहाल भएर प्रत्यक खाल्टो -खाल्टोमा राम्रो बाटोको अभिलाषामा यात्रा गरिरहेका छौ , अनि शुद्ध श्वास फेर्ने हावा नभेटेर धुलो नै फोक्सोभित्र चुरोट झैँ तानिरहदा नेता, कर्मचारी अनि ठेकेदार लाई मनभरि गाली गरिरहेका छौ, त्यो त प्रत्यक नेपालीलाई सर्बबिदितै छ । तर मलाई अचाक्ली लाग्छ यस्तो बिघ्न लापर्वाही देखेर र म आफै सोध्छु यो कसको कमजोरी ? के नेतै फटाहा , के कर्मचारी फटाहा कि ठेकेदार नै फटाहा ? एक जना मात्रै फटाहा भए त अर्कोले खबर दारी गर्नु पर्ने । खै याहा कसले  कसलाई खबर दारी गरेको छ र ?

एकले अर्कोलाई खबर्दारी गर्ने भए किन एकै चोटि अधिकाङ्स बाटाहरु बिना कुनै बैकल्पिक बाटा भत्किन्थे होलान् हैन र ? यो अहिलेको बाटोको मुहारले यो भन्छ कि हाम्रो देशको यातायात समबन्धी सबै निकाय अपरिपक्व अनुत्तरदाही मात्र नभई  लाज घिनै पचाइ सकेको लबस्तरो बनेको देखिन्छ ।

जताततै खाल्टै खाल्टो अनि अनि धुलाम्य सडक देख्दा यस्तो लाग्छ टोले गुण्डाहरुले दादा गिरी देखाउनलाई बाटाहरु भत्काए होलान् ।तर यो अवश्य हैन यो बाटा त सरकारी योजनाबाट ठेकेदारले नै भत्काएका हुन । तर प्रश्न यो छ कि कस्ता ठेकेदार हुन यी ? जसले कुनै बिना प्रवाह जथा भावी बाटा भत्काएका छन् भदौको भेलले पहाडको मलिलो माटो बगाएर अन्त कतै लगे झैँ । अनि कस्ता ती प्रसासक जसले ठेका दिए, बाटा , यातायात अनि जनातासङ्ग कुनै सरोकारै नराख्ने ती अभद्र ठेकेदारहरुलाई । अनि अनि के कस्ता हाम्रा सरकार ठेकेदार र कर्माचारिले देशको दुहन अकारण गर्दा पनि आखामा पट्टी बाधेर मुखमा पानी हालेर बसिरहने । कृपया बिन्ती छ आफ्नो लागी नभए पनि सन्ततिको लागी इमान्दार भएर देश निर्माण गरौँ आफ्नो आफ्नो ठाउबाट । देशलाई धोका दिनु भनेको मलाई धोका दिनु हो भनेर धोकेबाज ठगको सामना गरौँ ।

हुन त बहानाहरु थुप्रै छन् बाटा भत्किनु अनि भत्काउनमा, कुनै बाटा मेलम्चिको खानेपानीको कारणले त कुनै ढलको कारणले त कुनै बिजुली बत्तीको  कारणले भत्काइएका छन् । यसमा कुनै दुइमत छैन कि, विकास निर्माण कार्य गर्दा जनता लाई केही असुबिधा पर्छ नै । तर मेरो मान्यता यो हो कि सकेसम्म असुबिधालाई न्युनिकरण गरेर कुनै पनि कार्य गर्नु पर्दछ । पहिले योजना बनाएर कार्य थालिनु पर्दछ । बिना योजना कार्य थाल्नु भनेको पौडी खेल्न नजान्ने मान्छे कोसीमा हामफाल्नु झैँ हो । अहिले नेपालको बाटाहरुको स्थिति यस्तो भएको छ कि जसलाई यसरि नै लाने हो ठेकेदार पोसाउने अनि नेता, कर्मचारीले कमिसन पाउने बाहेक अन्य कुरामा झिनो आसा मात्रै राख्न सकिन्छ ।

बाटाहरुको सही मर्मत सम्भार अनि यातायात चालकको लापर्वाहिले गर्दा बर्सेनि हजारौँ यात्रुहरुले ज्यान गुमाउदा पनि किन यहाँ सडक अनि सवारिसाधन को निम्ति सही विश्लेषण गरेर उचित नियम कानुन कडाइका साथ लागु गरी जनातालाई राहत दिइन्न । कहिले सम्म हामीले ढुक्कसङ्ग एक ठाउबाट अर्को ठाउँमा यात्रा गर्न नपाउने हो ? यदि सरकार प्रशासन छौ भने याहा ,ढुक्क सँग यात्रा गर्ने माहोलको सृजना गर ।

बाटाहरु जुनै उद्देश्यले भत्काएपनी त्यो भत्काएका बाटाहरुको विकल्प हेरेर भात्काइनु पर्थ्यो अनि पर्छ ।एक ठाउको बाटो भात्काएर बनाइसके पछि अर्को ठाउको बाटोको निर्माण कार्य सुरु गर्नु पर्थ्यो अनि पर्छ । प्रत्यक काम चरणबद्द हुनुपर्छ अनि मात्र सही समयमा सही साधनले काम सम्पन्न हुन सक्छ, हैन भने राज्यको ढिकुटिको दुहन अनि जनताको करको बिनास मात्र हुन्छ ।अहिले जति बाटाहरु भत्काइसकिएको छ त्यसलाई चराणबद्द तवरले चाडोभन्दा चाडो अविलम्ब निर्माण गरियोस र त्यो निर्माण कार्य नभएसम्म अरू थप सडक भत्काएर थप पिडा दुख नेपाली जनतामा नथुपारियोस । यदि  भत्काइएको बाटो निर्माण नगरी अर्को विकल्प बिनै सबै बाटो भत्काउने हो भने त्यही धुलो र फोहोरले कुनै माहामारी नेपालमा नआउला भन्न सकिन्न । तसर्थ कुनै अकल्पनिय घटना हुनु भन्दा अगावै सम्बन्धित निकायले इमान्दार उत्तरदाही अनि आफ्नो कर्तब्यप्रती बफादार भएर सूक्ष्म अध्यायन गरेर बाटोको सही व्यवस्थापन गह्रोस ।

प्रतिक्रिया