अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

एसी शेर्पा, DRC, NRNA Americas को प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७३ चैत १३ गते २३:२३ मा प्रकाशित

स्पष्ट हुन सबैमा अनुरोध
गैर आवासीय नेपाली सङ्घ विश्वभर ७५ देशमा स्थापित प्रवासी नेपालीहरूको साझा सस्था हो। जुन उदेश्यका साथ यो संस्था स्थापना भयो र हालसम्म यस संस्थाले आफ्नो गरिमामय दायित्व पुरा गरिरहेको यहाँहरुलाई विदितै छ। एनआरएनले आफ्नो कर्तव्यप्रतिको लगनशिलता र ईमान्दारिताले आर्थिक उन्नतिमा नेपाल र नेपालीको आस्थाको केन्द्रविन्दु बन्न सफल भएको छ। चाहे भूकम्पका बेला होस वा लगानीका विषयमा होस मातृभूमिप्रति एनआरएनले खेलेको भूमिका निकै सह्रानीय छ। अझै समृद्ध नेपाल निर्माणमा एनआरएनको भूमिका उत्तिकै आवश्यक पनि छ।

संस्था स्थापनादेखि हालसम्म जसरी तीव्रतर रूपमा संस्थाले सदस्यता सख्यासंगै विश्वासनीयता पनि उत्तिकै बढाउँदै लगेको छ। यसैले होला राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अध्यक्ष शेष घलेले एनआरएन अमेरिकाको भूमिका र काममा प्रशंसा प्रकट गर्दै आउनु भएको छ।

त्यही सिलसिलामा विश्वकै समृद्धशाली मुलुक अमेरिकामा नेपालीहरूको संस्थाहरू बढेसंगै सबैभन्दा अग्रगतिमा नेपाली समुदायमा एनआरएनले आफ्नो गरिमामय उपस्थिति देखाउँदै आएको छ। यसैबेला भर्खरै एनआरएन अमेरिकाको सदस्यता वितरण कार्य सम्पन्न भएको र नयाँ नेतृत्व छान्ने चरणमा प्रवेश गर्दैछ। यही समय संस्थामा भए नभएका विविध विषयले चर्चा पाएको छ। त्यो चर्चा र विवादका कुराहरूमा म स्वयम् यस अमेरिकाज् क्षेत्रको उपसंयोजक (DRC) पदमा रहेको बेला मेरो नामह गासिएर आएकोले मैले केही विषयमा प्रस्ट पार्नु आवश्यक ठान्दै यो वास्तविता सार्वजनिक गरेको छु। हुन त यसै क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाज्यूले पनि यस विषयमा स्पष्ट पारेको नै हो तर पनि सोही विषयमा समर्थन गर्दै मेरो पनि भनाई राख्न चाहन्छु।

स्वाभाविक रूपमा संस्थाको आयतन र माग बढ्दै जाँदा हुने गतिविधिहरू संस्थामा आबद्ध सबैका लागि सधैँ अनुकूल नहुन सक्छ तर कसैले संस्थाको गरिमालाई नै कुठाराघात हुने गरी कुनै पनि काम गर्दछ भने त्यो संस्थाको अहितमा हुने कुनै पनि काम कारबाही मान्य हुनुहुँदैन। संस्थाको विधानले दिएको अधिकारबाट सबै जना इच्छित व्यक्तिहरू सदस्य बनेका छन् त्यसमा अनावश्यक हल्ला गरिरहनु उचित नहोला, संस्थामा गलत कार्य नहोस भन्नका खातिर संस्थाका विकास गरेका मूल्य र मान्यता र गरिमालाई संस्थामा आबद्ध सबैले अक्षरस पालना गर्नु पर्दछ। संस्थामा देखा परेका जे जति विवादका विषयहरू छन् त्यसको निरुपण गर्ने संस्थाद्धारा स्थापित विधि विधान र निश्चित मान्यताहरू भएका्ेले सोही अनुसार समाधान हुनेछन भन्ने कुरा विश्वास दिलाउन चाहन्छु।

आखिर बाहिरी हल्ला र सामाजिक सञ्जालमा भनिए जस्तो अनावश्यक काम नत संस्थामा भएका छन् नत त्यस्ता हल्लामा भनिएको जस्तो काम गर्ने छुट कसैलाई छ। त्यसैले सबैले सकेसम्म संस्थाको हितका लागि काम गरौँ, सकिन्न भने अरूले गरेको काममा बिरेध मात्रै होइन सुझावसहितको समर्थन पनि जरुरी छ। जहाँसम्म मसहित सहभागी भएको एक अनौपचिरक बैठकका नाममा अनवश्यक हल्ला गरियो त्यो आफैमा अध्यक्ष पदका आकांक्षी गौरी जोशीज्यूले खण्डन गरिसक्नु भएको सन्र्दभमा मैले अरू कुरा भन्न जरुरी छैन।

त्यसैले सकेसम्म सर्वसम्मत नेतृत्वका लागि यही क्षेत्रको उपसंयोजकका नाताले मैले नेतृत्वका लागि आकांक्षी साथीहरूलाई सुझाव दिएको हुँ। अहिले पनि म त्यो मान्यतामा अडिक छु र यदि सर्वसम्मत नहुँदा चुनाव हुने कुरा स्वयमसिद्ध कुरा हुन। अन्यथा प्रचार गरिए जस्तो नत कतै भएकै छ नत मेरो वा हाम्रो संलग्नता नै छ। साथीहरूले बुझ्नुपर्ने महतवपुर्ण कुरा के हो भने आफ्रनो अधिकारको कुरा गर्दा अरूको चरित्र हत्या गर्ने काम बन्द गर्नु पर्दछ।

अर्को महत्त्वपूर्ण कुरा यही विवादलाई आधार बनाएर केही स्वार्थी व्यक्तिहरूले आईसिसिमा उम्मेदवार हुन चाहानेहरुबाट अमेरिकाको विवाद मिलाउने भन्दै मोटो रकम माग गरेको भन्ने जस्ता कुरा समेत सुनिन आएकोले त्यस्ता व्यक्तिलाई छानवीन गरी कडा कारबाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ। अमेरिका विश्वकै एनसिसिभन्दा सख्यात्मक हिवासले ठुलो रहेर पनि आन्तरिक विवादका कारण आईसिसिमा प्रतिनिधित्व गर्न नसक्नुमा यस्ता आन्तरिक विवाद मुख्य दोष हुन जान्छ। यसकारण पनि हामीले एकता र आन्तरिक एकतालाई बलियो बनाउदै लैजानु जरुरी छ। अन्यथा संस्थामा हामीले चाहाना गरेको उपलब्धि हात नलाग्न सक्दछ।

त्यसैले संस्थालाई संस्थाकै रूपमा निरन्तर गतिशील बनाउन यस्ता केही गलत हल्लाको पछाडि नलागी आगामी नयाँ नेतृत्व छान्ने कुरालाई सबै पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्दै सस्थालाई सस्थागत बनाउन सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने भएकोले सहयोगको अपेक्षा गर्दछु। साथीहरूलाई संस्थाको मूल्य मान्यता र विधि विधान अनुसार काम गर्न र गराउनसमेत यसै विज्ञिप्तिमार्फत अग्रह गर्दछु ।

एसी शेर्पा
क्षेत्रीय उपसंयोजक, अमेरिकाज् क्षेत्र
२६ मार्च, २०१७

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू