अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

RNNA अमेरिकाजका RC सोनाम लामाको प्रेस बक्तब्य

बिआरटीनेपाल २०७३ चैत ११ गते २२:१३ मा प्रकाशित

सम्पूर्ण गैर आवासीय नेपालीहरुमा नमस्कार !
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को आसन्न निर्वाचनसंग गाँसेर सञ्चारमा आएका केही कुराहरुप्रति म सोनाम लामा क्षेत्रीय संयोजक र एसी शेर्पा क्षेत्रीय उपसंयोजक समेतको ध्यानाकर्षण भएको छ। सोही विषयलाई लिएर केही कुराहरू प्रस्ट पार्न चाहन्छौ।

१. गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को मात्र नभएर हामी यो क्षेत्रकै क्षेत्रीय संयोजक र उपसंयोजक भएकोले, क्षेत्रका सबै NCC हरुको प्रगतिलाई उत्तिकै महत्त्व दिइएको छ। अमेरिका हामी आफू बसेको होमकन्ट्री समेत भएको नाताले पनि NRNA NCC USA को सदस्य हामी पनि हौ। हाम्रो सम्पूर्ण गतिविधि र प्रयास संस्थालाई बलियो र धेरै अगाडि बढाउन कै लागि भएको हो। तथापि भनिए जस्तो कुनै अनावश्यक कार्य, कसैलाई दबाब दिने या तेस्ता खाले कुराहरू भएका छैनन्। तेसैले तेस्तो भ्रमको पछाडि नलाग्न अनुरोध गरिएको छ।

२. यसै प्रसंङ्मा मेरो कुनै उम्मेद्धार पनि छैनन् र मैले कसैलाई इण्डोर्श गरेको पनि छैन।पदिय मर्यादाले तेसो गर्न हुँदैन भन्ने कुरामा हाम्रो ज्ञान छ।

३. संस्थाको हितको लागि साथीहरू मिलेर जानुपर्छ भन्ने हाम्रो प्रयास र कर्तव्य दुवै हो र प्रयास पनि गरिएको। मेरो प्रयास भनेको पनि आकांक्षी साथीहरूलाई मिलाएर संस्था बलियो बनाउन प्रयास गर्ने हो र तेसैको प्रयास भइरहेको छ। अन्यथा भएको भन्ने कुरा सत्य होइन।

४. म संस्थाको विधान, विधि र आफ्नो पदिय जिम्मेवारी जान्दछु। कसको काम के हो र होइन त्यो पनि जान्दछु। गैर आवासीय नेपाली सङ्घको विधान २०१५, राष्ट्रिय समन्वय परिषदका लागि बनाइएको अधिवेशन निर्देशिका २०१५ को समेत नीति-नियम अनुसार मेरो कार्यक्षेत्र र गर्नु पर्ने कर्तव्य नै गरेको छु। तेसो गर्दा कसैलाई मन पर्नु र नपर्नुले कुनै अर्थ राख्दैन। मैले वैधानिक कुरा गरिरहँदा कसैलाई या कसैको इच्छा-विपरीत भयो भन्दैमा आधारहीन कुरा नगर्न सबैलाई अनुरोध गर्दछु।

५. NRNA संस्था मेरो मात्र होइन, हामी सबैको हो। सोनाम लामा संस्थामा हुनु र नहुनुले कुनै अर्थ राख्दैन। अर्को कुरा यही संस्थामा सोनाम लामा र एसी शेर्पा सधैँ रहिरहन्छन भन्ने पनि होइन। तर जो कोही हुँदा पनि संस्था बलियो र दिगो होस् भन्ने कुरा नै हाम्रो प्रयास र अनुरोध हो।

६. पछिल्लो समयमा धेरै अगाडि बढेको संस्था प्रति केही व्यक्तिगत प्रवृति र धेर-थोर राजनैतिक क्षेत्रको आकर्षण नभएको होइन। तेस्तो प्रयासबाट संस्थालाई चोखो राख्न हरदम लागि रहने प्रण गर्दै मेरो प्रयास भनेको संस्थाको हित प्रति नै हो र रहने छ।

७. झिना-मसिना कुराहरूलाई मसला बनाउन भन्दा संस्थालाई एउटा सशक्त बनाउन सबैले योगदान गरौँ, विवाद भन्दा योगदान गरौँ यही मेरो अनुरोध हो।
अन्तमा तपाइहरु सबैलाई कसैले फिंजाएका हल्ला र कसैको व्यक्तिगत फाइदाको लागि गर्ने हत्कण्डाको पछाडि नलागी सत्य तथ्य बुझ्ने प्रयास गर्नुहुन अनुरोध गर्दछु। साथै संचारकर्मी साथीहरूले पनि कुनै जिज्ञासा भएमा सोझै सोधेर या आधार लिएर मात्र आफ्नो सूचना दिनुहुन अनुरोध गर्दछु।

धन्यवाद !
सोनाम लामा
क्षेत्रीय संयोजक
गैर आवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्र

प्रतिक्रिया