अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

अन्तर्राष्ट्रिय जाती भेद उन्मुलन दिवस कोलोराडोमा मनाईंदै

बिआरटीनेपाल २०७३ चैत ४ गते ८:४५ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय जाती भेद उन्मुलन दिवस मनाईने भएको छ । जातिभेद विरुद्ध अन्तर्राष्ट्रिय सञ्जालको आयोजनामा यही मार्च १८ तारिकका दिन अन्तर्राष्ट्रिय रंगभेद दिवसको अवसर पारेर बिषेश अन्तरक्रिया कार्यक्रम आयोजना गरि अन्तर्राष्ट्रिय जाती भेद उन्मुलन दिवस मनाईन लागेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा अमेरिकाका लागि नेपाल सरकारका राजदूत डा। अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रममा नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, अरोरा महानगरका प्रतिनिधि, नेपाल सरकारका सहसचिव डा। मान बहादुर विश्वकर्मा, डा। बिष्णुमाया परियार, डा। दोर्ण रसाइली, डा। महेन्द्र लवाती लगायत अन्य व्यक्तित्वहरु विशेष अतिथिको रूपमा उपस्थित हुने भएका छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय जाती भेद दिवसलाई विशेष महत्वका साथ हेरिदैं मनाउन लागिएको उक्त कार्यक्रममा विश्वमा भई रहेको जातीय विभेदका ३६नाहरु र त्यसले पारेको असरहरु, नेपालमा दलित जातीय मुङ्कि आन्दोलनका गतिविधिहरू बारेमा अन्तरक्रिया गरिने छ ।

त्यस्तै सो अवसरमा यस अभियानमा लागेका विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया