अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

अमेरिकाको नर्थ क्यारोलिनामा होलीको रौनक

बिआरटीनेपाल २०७३ फागुन २९ गते २२:३८ मा प्रकाशित

प्रवासमा रहेकाहरुलाई आफ्नो संस्कृति निकै प्यारो लाग्छ । जुनसुकै पर्व होस नेपालीहरू निकै महत्वका साथ मनाउने गर्दछन् । त्यसैले यतिखेर प्रवासमा रहेका नेपालीहरू चाहे जुनसुकै मुलुकमा होस होली मनाई रहेका छन् । त्यसै क्रममा अमेरिकाको नर्थ क्यारोलीनामा रहेका नेपालीहरूले पनि होली भव्यसंग मनाए । यसै क्रममा ट्रईड नेपलीज कम्यूनिटि सेन्टर (टिएनएनसि)ले हाई प्वाईन्टमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । डिसी, भर्जिनिया लगायत राज्यहरुबाट समेत गरी करिब एक सय भन्दा बढी सहभागी कार्यक्रममा टिएनसिसिको नयाँ अधिवेशनबाट निर्वाचित सान्वना खड्काको नेतृत्वलाई पदभार ग्रहण पनि गराईएको थियो । पदभार ग्रहण गरिएका नयाँ कार्यकारी समितिका वरिष्ठ उपाध्यक्ष डा राजन धौभडेल, सचिव गीता कडेल, कोषाध्यक्ष सवित्रि रानाभाट, र कार्यकारी समितिमा विशाल भारती, दीपक रानाभाट, सनोड सिटौला, जगन सुवेदी र केशव न्यौपाने रहेका छन् । 

संस्थाका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासाका महासचिव शिव विष्ट, एनआरएन नर्थ क्यारोलीना च्याप्टरका अध्यक्ष रेवती अधिकारी, अमेरिका नेपाल खेलकुद तथा सांस्कृतिक समितिका महासचिव, धर्म गुरु चेतनानन्द मोन्क, एनआरएन अमेरिकामा उम्मेदवार समेत रहेका विनय अर्याल, भुटनीज नेपलिज संस्थाका अध्यक्ष जीवन प्रधान र उपाध्यक्ष देव भण्डारी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाको प्रगति विवरण प्रस्तुतसमेत गरेका समीर गुरागाईले सन्चालन गरेको सो कार्यक्रममा रामजी कोइरालाले सस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष खड्काको दुई कायकाल सफल भएको संस्थाका सदस्यहरूले धन्यवाद प्रकट गरेका थिए ।

यसै गरी नासा एन्माको ११ औ सम्मेलनको अवसरमा टिएनसिसिद्धारा सन्चालित नेपाली हेरिटेज कल्चरल सेन्टरको निर्माणको सहयोगका लागि सन्चालित राफल चिट्टाको विजेता रकम १२ सय डलर वासिङ्टन डिसी निवासी मन्जु संग्रौलाले सो रकममा ८ सय डलर थपेर संस्थालाई नै हस्तान्तरण गर्नु भएको थियो । आफूले पाएको सो रकम कल्चरल सेन्टर निर्माणमा सहयोग हुने भन्दै संस्थाको हितका लागि सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । टिएनसिसिका संस्थापक अध्यक्ष एवं नेपाली हेरिटेज कल्चरल सेन्टरका फाईनान्स समितिका संयोजक वसन्त खड्काले मन्जु र पे्रम संग्रौलाको महान् सहयोगको प्रशंसा गर्दै आगामी २ वर्ष भित्रै सेन्टर निर्माण भैसक्ने बताए । संयोजक खड्काले सो सेन्टरमा कार्यक्रम हल, बगैचा, खेल मैदानलगायत समावेश हुने जानकारी दिए ।

कार्यक्रममा नेपाली नसिंड एसोसियसनका अध्यक्ष मन्जु संग्रौलाले नर्थ क्यारोलैना च्याप्टर सावित्री रानाभाटको अध्यक्षतामा गठन भएको जानकारी गराईन । कार्यक्रमको अन्त्यमा विशाल भारतीको संयोजनमा भव्य होली कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको विभिन्न सञ्चार माध्यमले लाईभ प्रसारण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू