अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न

बिआरटीनेपाल २०७३ फागुन २८ गते २३:१० मा प्रकाशित

कोलोराडोमा शनिवार विभिन्न सङ्घ संस्थाको आयोजनामा ईमिग्रेसन फोरम सम्पन्न भयो । एटर्नि डिल्लीराज भट्टको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीय सङ्घ सस्थाका प्रतिनिधि, बुद्धि जिवी, कलाकार, पत्रकार, व्यवसाइ तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सुरुमा एटर्नि भट्टले वर्तमान अवस्थामा मग्रेण्टहरुलाई मुख्य आई पर्ने समस्याहरू र त्यसका समाधानका उपायहरू बारे बताएका थिए । उनले राष्ट्रपति डोनाल्ड ट्रंपले ईमिग्रेण्टहरुलाई लक्ष गरेर जारी गरेका कार्यकारी आदेले हामीलाई पर्न सक्ने असरहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा सहभागीहरूसँगको प्रश्न उत्तरको कार्यक्रम रहेको थियो । यस चरणमा विशेष गरेर सहभागिहरुले अमेरिकाको वर्तमान परिस्थितिमा राष्ट्रपति डोनाल्ड ट्रंपको कार्यकारी आदेशबाट आफुहरुलाई पर्नसक्ने समस्या, टिपीएस् बारेमा धेरै प्रश्न गरेका थिए । त्यस्तै गरी उनीहरूले विभिन्न भिसामा अमेरिका छिरेरहरुको स्टाटस चेन्ज गर्दा अपनाउनु पर्ने तरिकाहरू, ग्रिकार्ड होल्डरहरु नेपालमा ६ महिना भन्दा बढी बस्दा पर्ने समस्या, आफ्ना आफन्तलाई लिएर भिसा आवेदन प्रक्रिया, आवश्यक कागजपत्रका बारेमा डेढ दर्जन भन्दा बढीले प्रश्न गरेका थिए । 

सहभागीहरुको जिज्ञासाको समाधानको क्रममा एटर्नि भट्टले डोनाल्ड ट्रंपको हाल सम्मको कार्यकारी आदेश नेपालीहरूलाई मात्र लक्ष गरेर आएको छैन । यो आदेश विश्व भरीबाट यहाँ आई बसोबास गरेका ईमिग्रण्ट स्टाटस भएका सबैलाई लक्षित आदेश हो । हाल सम्मको उनको आदेशले अपराधमा संलग्न बाहेक अन्यलाई प्रत्यक्ष असर नपर्ने बताए । तर भोलि के हुनसक्छ अहिले यसै भन्न नसकिने अवस्था रहेको भन्दै कसैलाई आफ्नो स्टाटस परिवर्तन गर्नु छ, आफन्तको लागी भिसाको निवेदन गर्नु छ भने नकुरी चाडै गर्न सल्लाह दिए । त्यस्तै टिपीएसको बारेमा भोलि के हुन्छ अहिले केही भन्न नसक्ने अवस्था रहेको बताए । 

कार्यक्रम बु्रमफिल स्थित मिनी ईन्डिया रेष्टुरेन्टमा नेपाली घर, अन्तर्राष्ट्रिय साहित्य समाज, एनआरएन कोलोराडो च्याप्टर, हिमालयन लायन्स क्लब लङमन्ट, वल्र्ड फ्रेन्डसिप एण्ड पिस क्याम्पेन, फिल्म आर्टिस एसोशिएसन अफ नर्थ अमेरिका, अमेरिका नेपाल टेलिभिजन र बिआरटी नेपाल डटकमको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको बिआरटी नेपालले प्रतक्ष्य प्रसारण गरेको थियो ।

कार्यक्रमको पुरा भिडियो

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू