अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

‘तीन दलको योजनामा सप्तरी घटना घटाईएको हो’ – उपेन्द्र यादव

बिआरटीनेपाल २०७३ फागुन २५ गते ४:०४ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलको योजनाबद्ध रुपमा सप्तरी घटना घटाइएको आरोप लगाएका छन्् । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री , गृह मन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको भन्दै लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको बिरोध अरुले पनि गर्न पाउने भएता पनि मधेशी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा गोली हान्नु योजनाबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा मोर्चाको मागको सुनवाई नगर्ने भन्ने उत्तर आए पछि उनले सरकारलाई दिएको समर्थन मेधशी मोर्चाको आजको बैठकले फिर्ता लिएको र आजबाट सरकार अल्पमतमा परेको भन्दै एक हप्ताको अल्टिमेटम दिएर सरकारको समर्थत फिर्ता लिने अडान लिएको बताए ।

स्थानीय तहको निर्वाचन नहुने बताउँदै यादवले संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने दावी समेत गरे । स्थानीय संरचनाको टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नुले निर्वाचन नगर्ने षड्यन्त्र भएको भन्दै उनले
एमालेले आफना शीर्ष नेताको हप्ता प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको र सुनियोजित रुपमा घटाइएको घटनाको विरोध जति गरे पनि कम नहुने बताए ।

यादवले सप्तरी घटनामा टाउको, र छात्तीमा मधेशी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र एमालेका एक जना पनि कार्यकर्ता घाइते नहुनेले घटना सुनियोजित भएको प्रष्ट छ भन्दै निर्वाचन गर्ने भनिएता पनि यो भ्रामक रहेको र केन्द्र र प्रदेशको निर्वाचन पश्चात मात्र स्थानिय तहको निर्वाचन हुने जिकीर समेत गरे ।

तोकेको समयमा निर्वाचन गर्न नसक्ने र मधेश बिनानै निर्वाचन गर्छौ भन्नु कति उपयुक्त छ भनि अन्य दलहरुलाई प्रश्न गर्नुका साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको क्रममा संविधान संशोधनको प्रतिबद्धता जनाएपनि प्रतिबद्धता पूरा नगरेर अन्तराष्ट्रिय छवी गुमाएको आरोप समेत लगाए ।

राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक चयन जस्ता धेरै विषयमा सरकार चुकेको र सरकारको ध्यान तस्कर, भूमाफीयाको चंगुलमा फसेकाले संविधान कार्यान्वयनमा भन्दा तस्कर धन्दामा लागेको आरोप यादवको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू