अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

कोलोराडोमा मार्च १२ आइतबार होली मनाइदै

बिआरटीनेपाल २०७३ फागुन २१ गते १२:२३ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, कोलोराडो, अमेरिका
असत्य बिरुद्द सत्यको र अधर्म माथि धर्मको विजयको प्रतीकको रूपमा एक अर्कामा रंगहरु दलेर तथा आपसमा शुभकामनाको आदान प्रदान गरिदै मनाइने नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली) कोलोराडोमा नेपाली घरले आउँदो मार्च १२ तारिक आइतबार मनाउन लागेको जानकारी संस्थाका अध्यक्ष योगराज गौतमले बिआरटी नेपाललाई दिनु भयो । ब्राइटन स्थित सनातन मन्दिरमा बिहान ११ देखी १ बजे सम्म आयोजना गर्न लागिएको होली कार्यक्रममा सहभागी हुनका लागि नेपाली घरले   स्थानीय समाजसेवी, सङ्घ-संस्थाहरू तथा सबै नेपालीहरूलाई आव्हान गरेको छ ।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धि बैठक अगाडी मैलको रुखलाई रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा पूजा आजा गरेपछि बिधीबत् रूपमा होलीसुरु भएको मानिन्छ । नेपाली घरले कोलोराडोमा यो पर्व मनाउन आफ्नो स्थापनाकाल देखी सुरु गरेको हो । उक्त कार्यक्रममा होली खेल्नुका साथै होली सम्बन्धी पूजा समेत गरिन्छ ।

नेपाली घरका महासचिव लछुमन राणाले ‘एक दिन भए पनि सबै नेपाली एकै ठाउँमा भेला भएर रङ्गको पर्व होली खेल्न म विशेष निमन्त्रणा गर्दछु, भन्नु हुन्छ । होली पर्वमा सबैलाई प्रवेश निःशुल्क गरिएको छ ।

केही पुराना तस्बिरहरु:

होली २०१२ का तस्बिरहरु

होली 2013 का तस्बिरहरु

प्रतिक्रिया