अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

चीनले सैन्य खर्च बृद्धिको घोषणा गर्दै ट्रम्पलाई दियो चुनौती

बिआरटीनेपाल २०७३ फागुन २१ गते ५:०८ मा प्रकाशित

एजेन्सी फाल्गुन २१,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा खर्च बृद्धि गर्ने घोषणा गरे लगत्तै ट्रम्पलाई चुनौती दिने गरीचीनले सैन्य खर्च ७ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । चीनले नेशनल पिपुल्स कंग्रेसको बेइजिङमा हुने सम्मेलनको पूर्वसन्ध्यामा आफ्नो सैन्य खर्च ७ प्रतिशतले बृद्धि गर्ने घोषणा सार्वजनिक गरेको हो ।
पछिल्लो समय अमेरिका र चीनबीच साउथ चाइना सीको बिषयमा विवादले चर्चा पाईरहेको बेला गत वर्ष चिनियाँ सैनिकले साउथ चाइना सीमा पुगेको अमेरिकी ड्रोन नियन्त्रणमा लिएपछि यी दुई देशबिचको विवाद अझ चुलिएको छ ।

अघिल्लो साता अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ को बजेटमा रक्षा बजेट १० प्रतिशतले बृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा खर्च बृद्धि गर्ने घोषणा गरेलगत्तै महाशक्तिको दाबेदार चीनले आफ्नो सैन्य खर्च बढाउने घोषणा गर्नुलाई चिनले अमेरिकालाई दिएको कडा चुनौतीको रुपमा हेरिएको छ । किनकी चीनले पछिल्ला वर्ष आफ्नो सेनालाई आधुनिकीकरण गरिरहेको छ । यसलाई हेर्दा पनि चिनल ेआफ््नो सैन्य खर्च ७ प्रतिशतले बृद्धि गर्ने बताएपनि घोषणा भन्दा धेरै खर्च सैनिकका लागि छुट्टाउन सक्ने अनुमान गरिएको छ ।

यो वर्षको तथ्यांकअनुसार चीनले कूल ग्राहस्थ उत्पादनको १ दशमलब ३ प्रतिशत सेनामा खर्च हुँदै आएको छ । चीनको सैन्य खर्च कंग्रेस सम्मेलनमा प्रधानमन्त्री ली केसिङले सार्वजनिक गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू