अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

नेपाली जन सम्पर्क समितिको प्रथम वार्षिक साधारण सभाबारे जारी सुचना

बिआरटीनेपाल २०७३ फागुन १९ गते २३:४६ मा प्रकाशित

नेपाली जनसम्पर्क समितिमा आवद्ध सम्पूर्ण साथीहरु
जय नेपाल |

यस समितिको प्रथम वार्षिक साधारण सभा आगामी अप्रिल २२, २०१७ शनिवारका दिन भर्जिनियाको मनासासमा सम्पन्न गर्न लागिएको हामी सम्बन्धित सबैलाई सहर्ष जानकारी गराउन चाहन्छौं | यसका लागि अहिले साधारण सभा मूल व्यवस्थापन समितिले प्रारम्भिक कार्य सुरु गरिसकेको छ |

यो साधारण सभा नेपाली जनसम्पर्क समिति,अमेरिकाको इतिहासमा एउटा नयाँ अध्याय हुनेछ | सन् २०१४ को नोभेम्वरमा टेक्सासमा भएको केन्द्रीय अधिवेशनपछि नेपाली जनसम्पर्क समिति,अमेरिकाका सबै च्याप्टर र केन्द्रका पदाधिकारी र सदस्य एवं शुभेच्छुक साथीहरु हामी यही साधारण सभामा फेरि प्रत्यक्ष भेटघाट गर्दैछौं | यही साधारण सभाले समितिको भावी कार्यदिशा समेत तय गर्नेछ | समितिको विधान,सांगठनिक गतिविधि,स्वरुप र संरचनामा आवश्यक थपघट र परिमार्जन गर्ने लगायत समितिको अर्को अधिवेशनका लागि च्याप्टरहरुको अधिवेशनको मितिमा एकरुपता दिने,च्याप्टर गाइडलाइनलाई पास गर्ने,केन्द्रीय अधिवेशनको मिति तय गर्ने र संगठनका सबै विषयलाई सम्बोधन गर्ने एकमात्र थलो यो साधारण सभा हुनेछ | यसका लागि मातृपार्टी नेपाली कांग्रेसका सभापति आदरणीय श्री शेरबहादुर देउवाज्यू आफैं सहभागी हुन उत्सुक समेत हुनहुन्छ | उहाँले नै साधारण सभा उद्घाटन गर्ने गरी तयारी प्रयास जारी राखिएको छ |

समितिलाई अमेरिकी कानुन अनुसार कसरी परिचालित गर्ने,अमेरिकाको नेपाली समुदायको हितका लागि समितिले कसरी सेवा प्रदायक काम गर्ने, मातृभुमि नेपालको लोकतन्त्र,मानव अधिकारको सम्वर्द्धन र प्रवर्द्धनमा हाम्रो योगदान के कस्तो रहने, मातृभूमिको आर्थिक विकासमा हाम्रो भूमिका र योगदान कस्तो हुन सक्ने, नेपाल र अमेरिकाबीचको जनस्तरको सम्बन्धमा समितिको योगदान कस्तो हुने,समितिलाई भावी दिनमा कुन दिशामा लैजाने जस्ता विषयहरु पनि यो साधारण सभाका छलफलका विषय हुनेछन् | यही साधारण सभाले नै समितिको भावी स्वरुप र संरचना तय गर्नेछ |

त्यसैले, आउनुस् हामी सबै पहिलो पटक हुन लागेको समितिको यो वार्षिक साधारण सभामा सहभागी भएर संगठन निर्माणमा योगदान गर्न जुटौं | साधारण सभा संगठनमा क्रियाशील रहने सबैका लागि उत्तिकै महत्वपूर्ण छ | यो नै एकमात्र आधिकारिक थलो हो हाम्रा आन्तरिक विषयहरुमा छलफल र बहस गरी संगठनलाई कस्तो स्वरुप दिने भन्ने बारे निर्णय गर्न | तसर्थ हामी सबै जुटौं,हातेमालो गरौँ र नेपाली जनसम्पर्क समिति,अमेरिकाको संगठन निर्माणको यो थलोमा सहभागी बनौं |

जय नेपाल |

आनन्द विष्ट
सभापति एवं नेपाले जनसम्पर्क समिति,अमेरिका परिवार

प्रतिक्रिया