अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

रुकु कार्कीको ‘बन्धनबाट मुक्ति’ बिमोचन संगै आख्यानकार सिंहलाई ‘मायादेवी मातृभूमि पुरस्कार’

बिआरटीनेपाल २०७३ माघ २२ गते १०:२३ मा प्रकाशित

स्रष्टा रुकु कार्कीको आत्मकथा ‘बन्धनबाट मुक्ति’ को बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरि स्रष्टा कार्कीको कृती बिमोचन संगै वरिष्ठ आख्यानकार पदमावती सिंहलाई ‘मायादेवी मातृभूमि पुरस्कार’ बाट सम्मानित गरेको हो ।

नगद २१ हजार राशी रहेको ‘मायादेवी मातृभूमि पुरस्कार’बाट आख्यानकार सिंहलाई सम्मानित गरेको अनेसास नेपाल च्याप्टरले अमेरिकामा रहंदै आएकी स्रष्टा मन्जु निरौलालाई पनि ‘अनेसास डायसपोरा सम्मान’ प्रदान गरेको छ ।

‘मायादेवी मातृभूमि पुरस्कार’मातृभूमि साहित्य समाज, हेटौडाले स्थापना गरेको पुरस्कार हो । अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित समारोहको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती गरेका थिए भने समारोहमा वरिष्ठ आख्यानकार माया ठकुरी, साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, वरिष्ठ समालोचक गोविन्दराज भट्टराई, समालोचक लीला लुइटेल, नियात्राकार युवराज नयाँघरे, सहआयोजक सस्थाका मातृभूमि साहित्य समाज, हेटौडाका सस्थापक अध्यक्ष ह्याग्री आचार्य, स्रष्टा पुष्पा खनाल लगायतले मन्तब्य राखेका थिए ।

स्रष्टाहरु कमला रिसाल वि के र द्रोण पराजुलीले गीतहरु प्रस्तुत गरेको समारोहमा नयाँ तथा पुराना स्रष्टाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू