अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

गणेश रसिकमय बन्दै धरानको साँझ

बिआरटीनेपाल २०७३ माघ २२ गते ५:२२ मा प्रकाशित

साहित्य र संगीतमा दशकौं देखी योगदान पुर्याउँदै आएका गणेश रसिकको एकल साँझ केही समय पछि सुरु हुँदैछ । आफ्नो साँगीतिक प्रस्तुतीका लागि धरान पुगेका गायक तथा संगीतकार रसिकको एकल साँझ आज साँझ ६ बजेबाट सुरु हुने भएको हो ।

मुन्धुम बुटिक र मैथिली सेन्टरको आयोजनामा हुन लागेको गणेश रसिक साँझमा सहभागी हुन काठमाडौबाट नै बाद्यबादकहरु शुक्रबार साँझ धरान पुगिसकेको छन् ।

लामो समय देखी नेपाली संगीत क्षेत्रमा आवद्ध बाद्यबादकहरु यो पटक गायक तथा संगीतकार रसिक संग जोडिएका छन् । म्युजिसियनहरुमा गीतारमा अनुप दास, किवोर्डमा दिनेश रेग्मी,तवलामा जीवन राई, बाँसुरीमा बुद्ध लामा रहेका छन् भने रसिकका युगल गीतमा गायीका सुनिता लिम्बुको साथ रहने छ ।

कार्यक्रमको अर्को आकर्षणमा कवि उपेन्द्र सुब्बाको एकल कविता वाचन पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू