अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

न्यु योर्क राष्ट्रसंघ हिउँद युवा सम्मेलनकि युवा सभाध्यक्ष नेपाली चेली जोली अमात्यद्वारा सम्मेलनलाई सम्बोधन

बिआरटीनेपाल २०७३ माघ १९ गते ११:२५ मा प्रकाशित

फेब्रुअरी १ ,नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघ हिउँद युवा सम्मेलनलाई युवा अध्यक्षको हैसियतले सम्बोधन गरेकी छिन् l हिउँद युवा सम्मेलन फेब्रअरी १ देखि ३ दिन सम्म सम्मेलन चल्ने छ l वार्षिक रूपमा दुई पटक आयोजना हुने कार्यक्रम अन्तर्गत हिउँदे युवा सम्मेलनको लागि करिब १ हजार विभिन्न राष्ट्रहरुबाट युवा प्रतिनिधिहरूको सहभागिता रहेको छ l उक्त युवा सम्मेलनलाई अस्ट्रेलिया तथा डेनमार्कले अनुमोदन गरेका छन् l

उद्घाटन कार्यक्रममा सयुक्त राष्ट्र सङ्घका महा सचिवका प्रतिनिधि तथा मानार्थ सभाध्यक्ष सिमोना मिकुलेस्कूले उद्घाटन मन्तव्य राखिन l यस वर्षको युवा सम्मेलनको प्रकरण “युवा गतिविधिमा :२०३० कार्यसूची सिद्ध “भन्ने रहेको छ l युवाबाट कार्य सुरु हुने भनिएको उक्त १९ औ सत्रको मुख्य ध्येय दिगो विकासको लागि परस्पर निर्भता तथा विश्व ब्यापकता भन्ने रहेको छ l छलफल उक्त कार्यसूची अन्तर्गत विश्वले सामना गरी रहेको विषय वस्तुहरू गरिबी ,शिक्षा तथा दिगो उपयोग तथा उत्पादन सम्बन्धी गहन छलफल हुने छ l 

राष्ट्र सङ्घको इतिहासमै अमात्य युवा अध्यक्ष पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी हुन् l नयाँ वर्ष २०१७ सहित जोलीले विश्व भरका तमाम युवा वर्गको प्रतिनिधित्व गर्दै दोस्रो पटक पुन : उनले राष्ट्रसंघ हिउँद युवा सम्मेलनलाई सम्बोधन गरेकी हुन् l जगदीश मान अमात्य तथा कृष्ण अमात्य कि होनहार तथा प्रतिभाशाली जेष्ठ सुपुत्री हुन् l

अनेक बाधा अड्चन लाई छिचोल्दै आफू यो अवस्था सम्म आफू पुगेकोमा हर्ष व्यक्त गर्दै युवा सम्मेलनलाई सम्बोधन गर्नु अगाडी कुराकानी गदै सर्वप्रथम म मेरो आमा बुवा तथा ३ करोड नेपालीलाई पनि सम्झना गर्दै सबैको आशीर्वाद लिन चाहन्छु भनिन l

उनले सबैलाई युवा सम्मेलनको सभा अध्यक्ष भएको नाताले उपस्थित ८५ वटा राष्ट्रबाट आएका प्रतिनिधि ,अन्य विशिष्ट व्यक्तिहरू तथा अतिथिहरुलाई स्वागत गरिन l उनले मन्तव्य कै क्रममा आफू नेपालबाट भएको जानकारी गराईन l उनले भगवान् बुद्ध नेपालमा जन्मेको उल्लेख गरिन l

मन्तव्य कै क्रममा हामीहरुमा एकता हुनु पर्छ र अनेकता हुनु हुँदैन भनिन l विविधता भनेको शक्ति हो भन्दै स्वामित्व ग्रहण गर्नु पर्ने विचार राखिन l  मन्तव्य दिने क्रममा आफ्ना महत्त्वपूर्ण कुराहरू हिस्सा गर्न अनुरोध समेत गरिन l जोली सन् २०१३ देखि नै नेपालको प्रतिनिधित्व गर्दै गत वर्ष युवा सम्मेलनकि युवा अध्यक्ष बनेकी हुन् l अमात्य झन्डै एक दशक देखि सयुक्त राष्ट्र सङ्घ , विश्व बैङ्क, एक्सन एड नेपाल आदि ईत्यदिमा काम गरी सकेकी छिन् l 

नेपाल पाटनमा जन्मिएकी जोली काठमाडौँ सेन्ट मेरिज उच्च माध्यमिकमा पढेकी हुन् भने हाल अमेरिकाको न्युयोर्कलाई कर्म थलो बनाएकी छिन् l सन् २००७ मा महिलाको आवाज भन्ने पत्रिकामा उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गर्ने भाग्यशाली युवा हुन् जुन समयमा उनी बिध्यालयमा अध्ययनरत थिइन । उनलाई ग्लोबल कनेक्सन फर वुमेन फाउन्डेसन भन्ने संस्थाले सन् २०१५ मा योङ्ग ग्लोबल लिडर एचिभमेन्ट ” पदकले समेत उनलाई सम्मान गरेको थियो ।

उनले अमेरिकाको आएवा विद्यालयमा वित्त तथा लेखा संकाय पश्च्यात बोस्टन स्थित हार्वर्डमा विश्व विद्यालयमा पूर्वस्नातक (अन्डर ग्रजुएट ) तहमा अध्ययन गरेकी छिन् । कार्यक्रममा नेपाली प्रतिनिधि मण्डल ,नेपाली समुदाय तथा विशेष व्यक्तित्वहरुको उपस्थिति रहेको छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू